२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

भक्तपुर प्रहरीलाई हातपात गर्ने ४ जना पक्राउ

Logo
प्रकाशित आइतबार, जेठ ११, २०७७

एबिसी क्राईम ब्युरो
काठमाडौं भक्तपुर प्रहरीलाई हातपात गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाबाट ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बा.१८ च ५८२५ नम्बरको कार चालक भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका २२ वर्षीय जिबन खनाल, भक्तपुर गोलमडी बस्ने ३१ वर्षीय योगेन्द्र लाखाजु र सूर्यविनायक नगरपालिका-५ कटुन्जे बस्ने ४१ वर्षीय उपेन्द्र घिमिरे रहेका छन् ।
सोही ठाउँमा महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट ड्युटीमा खटिएको प्रहरीले सूर्यविनायकबाट घ्याम्पेडाँडातर्फ जाँदै गरको उक्त कारलाई जाँच गर्दा मादक पदार्थ सेवन गरी कारमा सवार उनीहरुलाई सम्झाई बुझाई गर्ने क्रममा वादविवाद गरी प्रहरीलाई हातपात गरेका हुन् ।
त्यस्तै, सूर्यविनायक नगरपालिका-६ घलाते चोकमा प्रहरीलाई हातपात गरेको अभियोगमा ललितपुर बडिखेल बस्ने २५ वर्षीय विकेस श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका विकेसलेउक्त ठाउँमा ड्यूटीमा खटिएको प्रहरीलाई हातपात गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]