२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेको नरैनापुरमा सेना परिचालन राति ८ बजेदेखि निषेधाज्ञा जारी

Logo
प्रकाशित सोमबार, जेठ १२, २०७७

(महेन्द्र सिंह)
बाँकेको नरैनापुर गाउँपालिकामा आज रातिदेखि निषेधाज्ञा जारी गरिने भएको छ । नरैनापुर चारै नाका सिल,लकडाउन कडाईले पनि असम्भव भएपछि नरैनापुर क्षेत्रलाई आज राति ८ बजेदेखि निषेधाज्ञा जारी गरिने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
संक्रमित व्यक्तिलाई आइसोलेसनमा ल्याउन खोज्दा संक्रमित र स्थानीयले विरोध प्रदर्शन गरेर समुदायमा पनि कोरोना फैलिने खतरा रहेकाले सेना परिचालन गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको हो।
जिल्ला सुरक्षा समितिको बैठकले आइतबार राति ८ बजेदेखि लागू हुने गरी नरैनापुर गाउँपालिकाको सम्पूर्ण क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने, नेपाली सेनासमेत परिचालन गर्ने, डाक्टर, स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय भएको समितिका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।
सुरक्षा समितिले सुरुमा कोरोना संक्रमित देखिएका क्वारेन्टाइनलाई सिल गरिएको थियो भने संक्रमितको संख्या बढ्दै जाँदा गाउँपालिकालाई नै सिल गरिएको थियो। उनले भने, ‘पहिले क्वारेन्टाइन सिल गर्यौं, पुगेन। त्यसपछि गाउँपालिका पूरै सिल गरेका थियौं। सिलले मात्र भएन। त्यसैले निषेधाज्ञा नै घोषणा गरेका हौं। सेना परिचालन गरेका हौं।’
यसलाई निरन्तरता दिइने र अर्को सूचना लागू नहुन्जेलसम्म निषेधाज्ञा जारी रहने प्रजिअ खड्काले जानकारी गराए। नरैनापुरतर्फ सेनाको टोली हिडिसकेको र राति ८ बजेदेखि निरन्तर सुरक्षामा खटिने उनले जानकारी दिए ।
स्थानीयहरुले बारम्बार दुःख दिने र सम्झाउदा पनि नमान्ने झन उल्टै प्रहरीमाथि जाइलाग्ने भएपछि सेना परिचालन गर्न बाध्य भएको प्रजिअ खड्काले जानकारी दिएका छन ।
नरैनापुर गाउँपालिकामा मात्र १ सय १४ जना कोरोना संक्रमित छन् । जसमा एक जनाको मृत्यु भइसकेको छ । गाउँपालिकाको ५ नम्बर वडाका मात्र ६२ जना संक्रमित छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।