०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बिकास प्रेमी सिडिओ कुरुम्बाङ्गको बाँके जिल्लामा सरुवा

Logo
प्रकाशित सोमबार, जेठ १२, २०७७

सागर थापा /महेन्द्र सिंह
बाँके जेठ १२ स्याङ्जा जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी बिकास प्रेमी सिडिओ रामबहादुर कुरुम्बाङ्गको बाँके जिल्ला प्रशासन कार्यालयमा सरुवा भएको छ ।
कुरुम्बाङ्गले आज आफ्नो फेसबुक मार्फत यो कुराको जानकारी दिएका छन । उनले लेखेका छन, ‘गृह मन्त्रालयले मलाई बाके जिल्लाको प्रजिअमा खटाएको छ ।। म स्याङ्जाबासी प्रती कृतज्ञ छु ।।’
दुई बर्ष अघि कुरुम्बाङ्ग बर्दियामा कार्यरत रहदा ‘इन्टिग्रेटी आइडल २०१८’ मा प्रथम समेत बनेका थिए । निजामती कर्मचारीहरुलाई प्रदान गरिने सम्मानका लागि छनौट भएका उनि पाँचजना प्रतिष्पर्धीलाई उछिन्दै प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।
२०५५ सालबाट निजामती सेवामा रहेर प्रमुख जिल्ला अधिकारीको रुपमा विभिन्न जिल्लामा रहेर काम गरिसकेका कुरुम्वाङ नागरिकको घरदैलोमा सरकारी सेवा प्रदान, निडर र नागरिकप्रति जवाफदेही, भ्रष्टचारबिरोधी, जनप्रिय प्रशासक भनि चिनिदै आएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

बाँके । पुष महिनाको पहिलो दिनदेखिनै हुस्सुले छपक्कै ढाकेको छ । बिहान सबेरैदेखि लागेको हुस्सु दिनभरि पनि नखुल्दा चिसो बढेको छ । हुस्सु र चिसोका कारण दैनिक जनजीवन प्रभावित हुन थालेको छ भने सर्वसाधारण नागरिकहरू अत्यावश्यक कामकाज बाहेक घर बाहिर निस्किएका छैनन् । विशेष गरी ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित भएका छन् । […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा राप्ती गाउँपालिका–२ लालमटियाको टुँडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गरिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाइएको छ। संघले सोमवार अपरान्ह भालुवाङस्थित आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत […]

error: Content is protected !!