२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

बिकास प्रेमी सिडिओ कुरुम्बाङ्गको बाँके जिल्लामा सरुवा

Logo
प्रकाशित सोमबार, जेठ १२, २०७७


सागर थापा /महेन्द्र सिंह
बाँके जेठ १२ स्याङ्जा जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी बिकास प्रेमी सिडिओ रामबहादुर कुरुम्बाङ्गको बाँके जिल्ला प्रशासन कार्यालयमा सरुवा भएको छ ।
कुरुम्बाङ्गले आज आफ्नो फेसबुक मार्फत यो कुराको जानकारी दिएका छन । उनले लेखेका छन, ‘गृह मन्त्रालयले मलाई बाके जिल्लाको प्रजिअमा खटाएको छ ।। म स्याङ्जाबासी प्रती कृतज्ञ छु ।।’
दुई बर्ष अघि कुरुम्बाङ्ग बर्दियामा कार्यरत रहदा ‘इन्टिग्रेटी आइडल २०१८’ मा प्रथम समेत बनेका थिए । निजामती कर्मचारीहरुलाई प्रदान गरिने सम्मानका लागि छनौट भएका उनि पाँचजना प्रतिष्पर्धीलाई उछिन्दै प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।
२०५५ सालबाट निजामती सेवामा रहेर प्रमुख जिल्ला अधिकारीको रुपमा विभिन्न जिल्लामा रहेर काम गरिसकेका कुरुम्वाङ नागरिकको घरदैलोमा सरकारी सेवा प्रदान, निडर र नागरिकप्रति जवाफदेही, भ्रष्टचारबिरोधी, जनप्रिय प्रशासक भनि चिनिदै आएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!