०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

गृहमन्त्रालयले ४ जिल्लाको सिडिओको सरुवा गरेको छ

Logo
प्रकाशित मंगलबार, जेठ १३, २०७७

सागर थापा
काठमाडौँ गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ ।
मन्त्रालयले सोमबार बाँके, सप्तरी, पर्वत र जुम्लाका सिडिओको सरुवा गरेको हो ।
मन्त्रालय स्रोतका अनुसार स्याङ्जाका सिडिओ राम बहादुर कुरुम्वाङको बाँकेमा सरुवा भएको छ भने बाँकेका सिडिओ कुमार बहादुर खड्कालाई मन्त्रालयमा तानिएको छ । स्याङ्जामा कसलाई पठाउने भन्ने निर्णय भई सकेको छैन । सप्तरीमा गृह मन्त्रालयका सहसचिव शंकरहरी आचार्यलाई पठाइएको छ । सप्तरीका सिडिओ अध्यागमन अन्तर्गतको कार्यालयमा सरुवा गरिएको छ ।
पर्वतमा शम्भुप्रसाद रेग्मीलाई खटाएको छ भने पर्वतकी सिडिओ कल्पना घिमिरे नेपाललाई चितवनको सहायक सिडिओमा सरुवा गरिएको छ ।
त्यस्तै जुम्लामा मन्त्रालयका उपसचिव भूपेन्द्र थापालाई सिडिओको जिम्मेवारी दिई पठाइएको छ भने जुम्लाकी सिडिओ दुर्गा बन्जाडेलाई पाल्पाको सहायक सिडिओमा सरुवा गरेको मन्त्रालय स्रोतले प्रशासनलाई बतायो ।
केही दिन अघि मात्रै ५ जिल्लाका सिडिओको सरुवा गरिएको थियो ।
सम्बन्धित समाचार : ५ जिल्लाका सिडिओको सरुवा
देशव्यापी कोरोना सङ्क्रमणको कहर चलिरहँदा गरिएको जिल्ला प्रमुखको फेरबदललाई विभिन्न रूपमा हेरिएको छ । कतिपयले यसलाई कार्यक्षमतासँग जोडेका छन् भने कतिपयले सिडिओ बन्न इच्छा जाहेर गरेपछि गरिएको फेरबदलका रूपमा लिएका छन् तर मन्त्रालयले यसलाई नियमित प्रक्रिया भनेको छ । यसअघि नै हुनुपर्ने भए पनि लकडाउनका कारण केही ढिलाइ हुन गएकोले अहिले गरिएको गृहका एक अधिकारीले बताए । प्रशासन ब्युरोबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]