२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

सुरक्षा प्रमुखहरुबाट दाङका ३४ क्षेत्रहरुमा रहेका सिमा स्तम्भहरुको स्थलगत अवलोकन

Logo
प्रकाशित मंगलबार, जेठ १३, २०७७

(एबिसी संचार) दाङ र भारतसँग जोडिएका दाङका सिमा क्षेत्रहरुमा रहेका सिमा स्तम्भहरुको स्थलगत अवलोकन तथा निरीक्षण गरिएको छ । लकडाउनको ६२ आँै दिन शनिवार भारतसँग जोडिएका दाङका सिमाक्षेत्रहरूमा रहेका सिमा स्तम्भ, सीमा चौकी, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट र दशगजाको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको हो । लिपुलेक, लिम्पियाधुरा र कालापानी सिमा क्षेत्रको विवाद चलिरहेको बेला दाङ जिल्ला प्रमुख अधिकारी गोविन्दप्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्द, सशस्त्र प्रहरी बल नेपाल नं. २९ ज्वालामाई गण दाङका गणपति नारायण श्रेष्ठ र पत्रकारहरुको संयुक्त टोली भारतसँग जोडिएका दाङको खांग्रा, अरबेरूवा, भैरवा, गौरिया, गन्धेला, छेग्रिया, डगमारा, गम्भीरा, सिउरेनी, सुनपथरी, जुरेनी, सकैया, तल्लो सुकैया, भित्री सुनपथरी, खिट्की र भैँसाहीनाकामा पुगेर सिमा स्तम्भ, सिमा चौकी, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट, दशगजाको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको हो । डगमारा सीमा चौकी । लकडाउन चलिरहेको बेला सिमा स्तम्भहरुको अवस्था, सिमा अपराध र कोरोना संक्रमितको अवस्था बुझ्न नेपाल भारत सिमा क्षेत्रमा पुगेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लकडाउन हुनु भन्दा एक हप्ता अगाडि सिमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट स्थापना गर्न खांग्रानाका पुगेका थियाँै । अहिले पश्चिममा लिपुलेक, लिम्पियाधुरा र कालापानी सिमा क्षेत्रको विवाद चलिरहेको बेला दाङको सिमा स्तम्भहरुको अवस्था के छ भनी बुझ्नलाई सिमा प्रवेश गरिएको हो ।’ सीमास्तम्भ ‘नेपाल भारत सिमा क्षेत्र पूर्णरुपमा बन्द भएको आज ६२ दिन भयो । हाम्रो सिमा स्तम्भको अवस्था सबै राम्रो छ । सिमा चौकी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको अवस्था पनि राम्रै छ । सिमानामा गस्ती बढाइएको छ । सिमा स्तम्भको संरक्षणमा स्थानीयहरुको साथ सहयोग पनि राम्रो पाएका छौँ । दाङका प्रत्येक सिमा क्षेत्रहरुमा पुगेर नियमित स्थलगत अनुगमन तथा निरीक्षण गर्दै आएका छाँै । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सिमाका स्थानीयहरुले सिमा स्तम्भको संरक्षण गरिरहनु भएको छ ।’ भैसाहीनाकामा २०४० सालमै सीमा चौकी स्थापनाका लागि माग गर्ने खत्री । सुनसान बन्दै सिमा क्षेत्र भर्खरै चहलपहल सुरु हुँदै गर्दा भारतसँग जोडिएका दाङका सानाठूला गरी ३४ वटा नाकाहरु सुनसान बन्दै गएका छन् । लकडाउन हुनुभन्दा पहिला चहलपहल बढ्दै गरेको दाङको सिमा क्षेत्रहरु लकडाउन गरेदेखि पूर्णरुपमा ठप्प छन्, जसले गर्दा प्रत्येक नाकाहरु सुनसान बन्दै गएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम राजपुर गाउँपालिकाका कार्यकारी सदस्य भीम वलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सरकारले चैत्र ११ गतेदेखि सुरु गरेको लकडाउनले गढवा र राजपुर गाउँपालिकामा पर्ने ३४ वटा नाकाहरु पूरै सुनसान छन् । मान्छेहरुको आवतजावतमा पूर्णरुपमा रोक लगाइएको छ । छिमेकी राष्ट्र भारतबाट नेपाल कोही भित्रिदैन र नेपालबाट पनि भारत केही जाँदैन ।’ नेपाल भारत सिमा क्षेत्र पूर्णरुपमा बन्द भएपछि मजदुरीको लागि नजिकै भारत जाने सिमाबासीहरु अहिले घरमै छन् । घरमा बसेर आफ्नै खेतहरु खनजोतमा व्यस्त हुनुहुन्छ । मजदुरी गर्न भारत गएका अन्य सिमाबासीहरु लकडाउने गर्दा नेपाल भित्रिन पाउनु भएको छैन, सदस्य वलीले भन्नुभयो । सुनसान नाका क्षेत्र सिमाक्षेत्रमा प्रहरी चौकी माग गर्ने खत्री दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भैँसाही नाकामा २०४० सालमा सिमा चौकी माग गर्ने स्थानीय मानबहादुर खत्रीसँग प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्द, सशस्त्र प्रहरी बल नेपाल नं. २९ ज्वालामाइ गण दाङका गणपति नारायण श्रेष्ठले भेटघाट गरी नाकाको समस्याबारे बुझ्नु भएको छ । सिमा क्षेत्रहरुको सिमा स्तम्भहरुको स्थलगत अनुगमन तथा निरीक्षण गर्न गएको बेला उहाँहरुले भेटघाट गर्नुभएको हो । रुकुमबाट २०४० मा बसाइसराई गरी दाङको भैँसाही नाका आउनु भएका खत्रीले सिमा क्षेत्रमा सिमा अपराध, गुण्डागर्दी ढ्दै जान थालेपछि भैँसाही नाकामा चौकी माग गरेको खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिमा क्षेत्रमा धेरैभन्दा धेरै सिमा अपराध बढ्दै जान थाल्यो । गाउँमा बोल्ने र टाठाबाठा कोही नाई । नाकामा धेरै बस्ती पनि थिएन । दिनप्रतिदिन सिमा क्षेत्रमा जघन्य अपराधहरु बढ्दै जान थाले र सिमा संरक्षणको लागि एक्लै पैदल हिँडेर चौकी माग्न दाङको प्रहरी कार्यालयमा पुगेको थिए ।’ स्थलगत अनुगमनका क्रममा टोली । ‘२०४० सालमा सिमा चौकीको माग गरे । २०४६ सालमा भैँसाही नाकामा सिमा चौकी भैँसाही भनेर चौकी स्थापना भएको थियो । रुकुममा छोरा मरेपछि त्यसैको पिरले रुकुम छोडेर दाङ झरेको । उहाँले भन्नुभयो, ‘हामी बसेदेखि सिमाना मिचिएको छैन । सिमास्तम्भ जहाँको त्यहीँ छ । शिबु खनालबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिक रूपमा राजीनामा बुझाएका छन् । हिजो संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् । उनले […]

  काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले करिब २० प्रतिशत जनशक्ति अभावकाबिच गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विरोध प्रदर्शन तथा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन गरेको जनाएको छ । परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद शान्ति सुरक्षा कायम गर्न […]

error: Content is protected !!