१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

भाग्यमानी अनिल र शर्मिलाको जोडी भए डीएसपीमा बढुवा

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

(एबिसी संचार ब्युरो)
काठमाडौं आइतबार मध्यरातमा नेपाल प्रहरीका साठी प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरु प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस भए ।
रातको करिब २ बजे सार्वजनिक भएको बढुवा सिफारिस सुचीको १६ नम्बरमा शर्मिला गुरुङ र ३८ नम्बरमा अनिलकुमार घिमिरेको नाम डीएसपी बढुवाको लागि सिफारिस भयो । २०६७ भदौ २४ मा प्रहरी निरीक्षकको नियुक्ति लिएर संगै कठोर तालिममा होमिएका अनिल र शर्मिला नाताले श्रीमान श्रीमती हुन् ।
अनिल २०६४ पुस ८ मा प्रहरी सहायक निरिक्षक हुँदै २०६७ भदौ २४ मा खुल्लातर्फ प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए भने शर्मिला २०६७ भदौ २४ मा सिधै प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेकी थिइन्। ईलाका प्रहरी कार्यालय बनेपाको प्रमुख भइ उत्कृष्ट कार्यसम्पादन गरिसकेका अनिलले महानगरीय अपराध महाशाखामा रहँदा नेपालमा अपराध गरेर भारतमा लुक्दै आएका दर्जनौ अपराधीहरुलाई पक्राउ गर्ने कामको नेतृत्व गरेका थिए ।
महानगरीय प्रहरी प्रभाग बलम्बुको प्रमुखको रुपमा उत्कृष्ट कमाण्ड सम्हालेकी शर्मिला अहिले प्रहरी प्रधान कार्यालयमा कार्यरत छिन भने अनिल संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

दाङ । भालुवाङ राप्ती गाउँपालिकाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलाएको कार्यक्रममा एउटा स्नेहपुर्ण दृश्यले सबैको मन छोएको छ। स्कुले बालिका र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टबीचको आत्मीयता। औपचारिक भाषणभन्दा पनि त्यो स्नेहले देखाइदियो – बालबालिकाले खोजेको भनेको पाठ्यपुस्तक मात्र होइन, स्नेहपुर्ण अभिभावकत्व पनि हो। पढाइमा मात्र होइन, आत्मविश्वास, नेतृत्व र सीप बढाउने अभ्यास जनप्रतिनिधि भनेको […]

कैलाली । अत्तरियास्थित एक होटलमा प्रहरीले छापा मारेर *१९ जनालाई नियन्त्रणमा* लिएको खबर आएको छ। पक्राउ पर्नेमा यौन धन्दामा संलग्न जोडीहरू पनि रहेको प्रहरीको भनाइ छ। 1. *स्थान*: अत्तरिया क्षेत्रको होटल 2. *पक्राउ संख्या*: १९ जना 3. *आरोप*: यौन धन्दामा संलग्नता 4. *कारबाही*: प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । नेपालको मुलुकी अपराध संहिता २०७४ […]

error: Content is protected !!