२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

बेवारिसे रुपमा राखिएको २ नाल बन्दुक सशस्त्र प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७


एबिसी संचार
नेपालगन्ज १५ जेठ बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० सिक्टा नहरको डुडुवा पुल नजिकबाट अवैध रुपमा राखिएको २ नाल बन्दुक बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल ५४ नं. गुल्म डेड क्वाटर राजस्व चुहावट नियन्त्रण कोहलपुरको टोलीले २ नाल भरुवा बन्दुक, १ पैकेट बारुद र खुकुरी १ थान बरामद गरेको हो । सशस्त्र प्रहरी कोहलपुरले जानकारी गराए अनुसार लोड गरिएको २ नाल बन्दुक, केप २२, केपमा प्रयोग हुने पटाका २ थान, बारुद सानो ३ बट्टा ५ सय ग्राम सानो ठुलो छर्रा, दुई व्याग, ३० ग्राम बदेलको कपाल, बन्दुक मर्मत गर्ने सामाग्री तथा पासो बनाउन प्रयोग हुने सामाग्री लुकाएर राखेको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ५४ गुल्म हेड क्वाटर राजस्व चुहावट नियन्त्रण कोहलपुर सशस्त्र प्रहरी नायव उपरिक्षक श्याम कार्कीले जानकारी दिनुभयो । बरामद गरिएको सामाग्री सम्बन्धित निकायमा पठाएको समेत उहाँले जानकारी गराउनुभएको छ । चोरी निकासीका लागि तयारी अवस्थामा राखेको उक्त अवैध सामाग्री फेला परेको कार्कीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!