१८ साउन २०८२, आइतबार
03-08-2025 , Sun
×

वडाअध्यक्षको रिपोर्ट पोजेटिभ गाउँपालिका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

एबिसी संचार
बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक जना वडाअध्यक्षलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी क्वारेन्टिनमा बसेका छन् । संक्रमित वडाअध्यक्षसँग सम्पर्कमा रहेको भन्दै गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, विभिन्न वडाका वडाअध्यक्ष र कर्मचारी क्वारेन्टिन तथा होम क्वारेन्टिनमा बसेका हुन् ।
गाउँपालिका अध्यक्ष थारुसहित केही जनप्रतिनिधि र कर्मचारी वडा नम्बर ३ स्थित आश्रय भवनको क्वारेन्टिनमा बसिरहेको अध्यक्षका स्वकिय सचिव सन्तोष चौधरीले बताए ।
‘वडाअध्यक्ष ज्युमा कोरोना संक्रमण देखिएपछि उहाँको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा बसिरहेका छौं, अध्यक्ष ज्यु पनि क्वारेन्टिनतिरै हुनुहुन्छ,’ उनले भने । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडालीका अनुसार बुधबार राप्तीसोनारीको वडा नम्बर ८ मा ५ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि वडा नम्बर २ मा ३ जना, ७ मा २ र वडा नम्बर ९ मा २ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उक्त गाउँपालिकामा अहिलेसम्म १२ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
वडा नम्बर ८ मा २७ जनाको पिसिआर परीक्षण गरिएकोमा ५ जनामा पोजेटिभ देखिएको हो । वडा नम्बर ९ मा ६ जनाको पिसिआर परीक्षण गरिएकोमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उक्त वडामा यसअघि नै एक जना युवकमा पनि कोरोना पोजेटिभ आएको थियो । वडा नम्बर २ मा २१ जनाको पिसिआर परीक्षण गर्दा ३ जनामा पोजेटिभ आएको छ । यसैगरी वडा नम्बर ७ मा ४६ जनाको पिसिआर परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको छ । वडा नम्बर ५ मा संकलन गरिएको २१ ज्नाको पिसिआर रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख चुडालीले बताए ।
राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले कोरोना पोजेटिभ आएका सबै ब्यक्तिलाई आइसोलेसनमा राखिएको बताए । गाउँपालिकाले विभिन्न वडामा आइसोलेसन स्थापना गरिसकेको छ । कोरोना संक्रमित ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरिने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जनाए । ‘कोरोना संक्रमण पुष्टी भएका ब्यक्तिको सम्पर्कमा रहेकालाई छुट्टै बस्न भनेका छौं, सम्पर्कमा रहेका ब्यक्तिको नाम लिस्टिङ हुदैछ उनले भने सभार नागरिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल प्रहरी श्रीमती संघको “४१ औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेश दाङ र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त आयोजनामा घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित अम्बिकेश्वरी मन्दिर परिसर र घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरिया स्थित शिव पार्वती तथा राधाकृष्ण मन्दिर गुलरिया परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न ।

काठमाडौं । ललितपुर नेपाल प्रहरी श्रीमती संघको ४१ औं बार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघको आयोजनामा र जिल्ला प्रहरी परिसर ललितपुरको सहकार्यमा जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. ५ महालक्ष्मीस्थान मन्दिर लगनखेल परिसरमा बृक्षारोपण तथा सरसफाई कार्यक्रमका प्रमुख अतिथि श्री नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती रुपा थापाज्यू, विशेष अतिथि जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास बिभाग, कर्मचारी प्रशासन शाखाको मिति २०८२।०४।१२ गतेको पत्रादेशानुसार मिति २०८२।०४।१४ गतेबाट लागु हुने गरी प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम १२९ को उपनियम २ (क) को खण्ड (क) बमोजिम एक तह पदोन्नती हुनु भएका प्रहरी निरीक्षक आन सिंह धामीलाई कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी प्रकाश […]

error: Content is protected !!