१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

कोरोनाको डियुटीमा खटिएका सुरक्षाकर्मी अफिस पुग्ने समय नभए पछी थकानले सडकमा सुत्छ्न

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

(एबिसी क्राईम ब्युरो)
कोरोना नियन्त्रणको अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीको सडक सुतेर रात बिताउन थालेका छन्। सदूरपश्चिमका नाकाबाट भारतमा अलपत्र परेका नेपालीको उद्धार सुरु भएपछि प्रहरी सडकमै बास हुन थालेको हो। सिमानाकामा चहलपहल बढेपछि डोटी जिल्लामा खटिएका प्रहरीले आफ्नो कार्यालय जानका लागि समेत फुर्सद पाएका छैनन्। भारतबाट फर्किएका नेपालीलाई गन्तव्य पुर्याउन प्रहरी खटिएका छन् ।
ईलाका प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायव निरिक्षक रमेश शाहीका अनुसार भारतमा अलपत्र परेकाको उद्धार सुरु भएदेखि सुरक्षाकर्मी कार्यालयसमेत जान पाएका छैनन् । दरबन्दी अनुसार प्रहरी नहुँदा व्यवस्थापनमा समस्या थपिएको प्रहरी नायव निरिक्षक शाहीले जानकारी दिए। डोटी जिल्लामा चार सय २६ जनाको दरबन्दी छ,’ उनले भने, ‘तर हामीसंग दुई सय २६ जना प्रहरी कर्मचारी मात्रै उपलव्ध छन्। उनीहरु मध्ये अहिले अधिकासं प्रहरीलाई क्वारेन्टाइनमा खटाईएको छ।
भारतबाट फर्किएका नेपालीलाई गन्तव्य पुगाउन समस्या भईरहेको छ।’ भारतबाट आएकाहरुका कारण कोरोनाको जोखिम बढेको भन्दै स्थानीवासीले गाडी समेत रोक्न अवरोध गरिरहेका छन्। त्यसैले वन क्षेत्रमा गाडी रोकेपछि भारतबाट फर्किएका नेपालीहरु फ्रेस हुने गरेका छन् भने । सो समयमा सुरक्षाकर्मीहरु पनि सडकमै सुतेरआराम गर्ने गर्छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

दाङ । भालुवाङ राप्ती गाउँपालिकाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलाएको कार्यक्रममा एउटा स्नेहपुर्ण दृश्यले सबैको मन छोएको छ। स्कुले बालिका र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टबीचको आत्मीयता। औपचारिक भाषणभन्दा पनि त्यो स्नेहले देखाइदियो – बालबालिकाले खोजेको भनेको पाठ्यपुस्तक मात्र होइन, स्नेहपुर्ण अभिभावकत्व पनि हो। पढाइमा मात्र होइन, आत्मविश्वास, नेतृत्व र सीप बढाउने अभ्यास जनप्रतिनिधि भनेको […]

कैलाली । अत्तरियास्थित एक होटलमा प्रहरीले छापा मारेर *१९ जनालाई नियन्त्रणमा* लिएको खबर आएको छ। पक्राउ पर्नेमा यौन धन्दामा संलग्न जोडीहरू पनि रहेको प्रहरीको भनाइ छ। 1. *स्थान*: अत्तरिया क्षेत्रको होटल 2. *पक्राउ संख्या*: १९ जना 3. *आरोप*: यौन धन्दामा संलग्नता 4. *कारबाही*: प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । नेपालको मुलुकी अपराध संहिता २०७४ […]

error: Content is protected !!