२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

कोरोनाको डियुटीमा खटिएका सुरक्षाकर्मी अफिस पुग्ने समय नभए पछी थकानले सडकमा सुत्छ्न

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

(एबिसी क्राईम ब्युरो)
कोरोना नियन्त्रणको अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीको सडक सुतेर रात बिताउन थालेका छन्। सदूरपश्चिमका नाकाबाट भारतमा अलपत्र परेका नेपालीको उद्धार सुरु भएपछि प्रहरी सडकमै बास हुन थालेको हो। सिमानाकामा चहलपहल बढेपछि डोटी जिल्लामा खटिएका प्रहरीले आफ्नो कार्यालय जानका लागि समेत फुर्सद पाएका छैनन्। भारतबाट फर्किएका नेपालीलाई गन्तव्य पुर्याउन प्रहरी खटिएका छन् ।
ईलाका प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायव निरिक्षक रमेश शाहीका अनुसार भारतमा अलपत्र परेकाको उद्धार सुरु भएदेखि सुरक्षाकर्मी कार्यालयसमेत जान पाएका छैनन् । दरबन्दी अनुसार प्रहरी नहुँदा व्यवस्थापनमा समस्या थपिएको प्रहरी नायव निरिक्षक शाहीले जानकारी दिए। डोटी जिल्लामा चार सय २६ जनाको दरबन्दी छ,’ उनले भने, ‘तर हामीसंग दुई सय २६ जना प्रहरी कर्मचारी मात्रै उपलव्ध छन्। उनीहरु मध्ये अहिले अधिकासं प्रहरीलाई क्वारेन्टाइनमा खटाईएको छ।
भारतबाट फर्किएका नेपालीलाई गन्तव्य पुगाउन समस्या भईरहेको छ।’ भारतबाट आएकाहरुका कारण कोरोनाको जोखिम बढेको भन्दै स्थानीवासीले गाडी समेत रोक्न अवरोध गरिरहेका छन्। त्यसैले वन क्षेत्रमा गाडी रोकेपछि भारतबाट फर्किएका नेपालीहरु फ्रेस हुने गरेका छन् भने । सो समयमा सुरक्षाकर्मीहरु पनि सडकमै सुतेरआराम गर्ने गर्छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!