२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

काेहलपुरका दुई युवा व्यवसायीले अात्महत्या गर्नबाट बचाइएकी जितमायालाई सहयोग

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

सागर थापा/महेन्द्र सिंह हालै आत्महत्याको प्रयासबाट बचाइएकी बाँके कोहलपुर निवासी एक महिला र उनको परिवारलाई त्यहाँका स्थानीय दुई युवा व्यवसायीहरुले सहयोग गरेका छन् ।बाकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ अन्तरगत निबुअामा बस्दै आएकी जितमाया बोहरालाई स्थानीय युवा व्यवसायी माइकल सापकोटा र राकेश बिष्टले सहयोग गरेका हुन् । उनको साथमा एउटा दसवर्ष र अर्को ६ वर्षको गरि दुई सन्तानहरु पनि रहेका छन् । उनलाई हाल ५० किलो चामल, ४ लिटर खानेतेल, ५ किलो दाल र नून लगायतका खाद्य सामग्रीहरु सहयोग गरिएको स्थानीय भिमबहादुर थापाले जानकारी गराएका छन् । पहाड घर सल्यान जिल्ला साविकको काभ्रेचौर गाविस घुइयाबारी भएकी ती महिला विगत केही वर्षदेखि कोहलपुर १२ मा सपरिवार बस्दै आएको बताइएको छ । उनका श्रीमान केही वर्षदेखि वैदेशिक रोजगारीका क्रममा आउने जाने गरे तापनि आफ्नो परिवारलाई कुनै मतलव राख्दैनन भन्नेकुरा स्थानीयहरु बताउँछन् । अाम्दानीकाे कुनै श्राेत नभएको र आफू र आफ्नो परिवारको लालनपालन गर्नुपर्ने ठूलो बाेझ थियोे ती बाेहराकाे थाप्लोमा । यस्तै समस्याबाट अाजित भएर उनलेे अाफ्ना दुई छाेरा सहित अात्महत्याकाे प्रयास गरेकी थिइन् उनलेे । तर गाउँलेहरुको सहयोगबाट उनीहरू बाचेका हुन् । तत्पश्चात कोहलपुरका युवा व्यवसायीहरु माइकल सापकोटा र राकेश बिष्टले उनलाई साे सहयोग गरेको र फेरि पनि सहयोग गर्ने प्रतिबध्दता जाहेर गरेका छन् । याे त एउटा उदाहरण मात्र हो । जारी लक डाउनकाे अवधिभर सापकोटाले यस्ता थुप्रैपटक समाजसेवाका कार्यहरु गर्दै अाएको कुरा स्थानीयहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!