०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

मुस्ताङको नेचुङमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

एबिसी संचार चीनसंग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ। गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले संयुक्तरूपमा बिहीबार बिओपीको उद्घाटन गर्नुभएको हो । सो बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २० सशस्त्र प्रहरीको टोली खटिने बताइएको छ । स्थायी पूर्वाधार तयार नहुँदासम्म सशस्त्र प्रहरीको टोली नेचुङ भन्सार कार्यालयको भवनमा बस्नेछन् । बिओपीको भवन निर्माणका लागि ३३ रोपनी जग्गा व्यवस्थापन गरेर आवश्यक बजेटसमेत विनियोजन भइसकेको छ। सो अवसरमा प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बिओपी स्थापना भएपछि कोरला नाका सञ्चालनका लागि सुरक्षाको वातावरण निर्माण हुने बताउनुभयो । कोरला नाकाको दशगजा नजिकै नेपालतर्फ भन्सार र क्वारेन्टिन भवन निर्माणका लागि एक हजार रोपनी जग्गाको व्यवस्थापन गरिएको उल्लेख गर्दै उहाँले यसै आवमा भन्सार कार्यालय पनि बनाइने बताउनुभयो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बिओपी स्थापनासँगै सीमा सुरक्षा, सम्भावित चोरी तस्करी नियन्त्रण, भन्सार गस्ती र विपद् व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले देशको सीमा सुरक्षाका लागि कोरलामा बिओपी स्थापना भएको उल्लेख गर्दै यसले यस क्षेत्रको सुरक्षा र आपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कोरला नाका जोड्ने १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि २०७३ देखि ११ प्याकेजमा आयोजना सञ्चालन भएको छ । सडक विस्तार, कालोपत्र र मोटरेबल पुल निर्माणको काम भइरहेको छ। ११ प्याकेजमध्ये १८ किलोमिटर दूरीको छोसेर–कोरला र जोमसोम–छुसाङ खण्डको सडक स्तरोन्नतिको काम मात्र सकिएको छ रासस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । छाला चिलाउने समस्यालाई मेडिकल भाषामा प्रुराइटस भनिन्छ । यो एक सामान्य तर निकै असहज अनुभव गराउने खालको समस्या हो । यो शरीरको कुनै पनि भागमा हुन सक्छ । शरीरको कुनै एक भागमा वा धेरै भागमा एकै पटक पनि हुनसक्छ । कहिलेकाहीँ यो यति तीव्र हुन्छ कि यसले ठूलै समस्या निम्त्याउछ । निद्रा र […]

कैलाली । धनगढीबाट सञ्चालित ‘नयाँ सन्देश’ अनलाइनकी प्रधाानसम्पादक रमा चन्दलाई दुव्र्यवहार गर्ने २८ वर्षीय मनीष श्रेष्ठलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । पत्रकार चन्दमाथि धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा दुव्र्यवहार भएको थियो । आफूमाथि भएको दुव्र्यवहारविरुद्ध चन्दले प्रहरीमा उजुरी दिएकी थिइन् । पक्राउ परेका श्रेष्ठ पाल्पा घर भई धनगढीमा डेरा गरी बस्दै आएका गाडी चालक […]

काठमाडौँ । उपत्यकाका प्रहरी प्रमुख एआइजी ईश्वर कार्कीले सम्पन्न भएको एनपीएल खेल र नेकपा एमालेको महाधिवेशन कार्यक्रमलाई सभ्य र मर्यादित बनाउन सुरक्षा योजना लिएर फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूलाई धन्यवाद दिएका छन्। एआईजी कार्कीले नेपाल प्रहरीले बनाएको सुरक्षा योजना अनुसार फिल्ममा खटेर आफ्नो जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले निर्वाह गरेको भन्दै एसएसपीदेखि जवानसम्मका कर्मचारीलाई धन्यवाद दिएका छन्।

error: Content is protected !!