३० आषाढ २०८१, आइतबार
14-07-2024 , Sun
×

भारतीय सुरक्षाकर्मीहरुले नेपाली भुमिमा आएर सडक भत्काए

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

एबिसी संचार
वीरगन्ज पर्साको ठोरीमा नेपाली भूमिमै प्रवेश गरी भारतीय सुरक्षाकर्मीले सडक भत्काएका छन् ।
पर्साको ठोरी गाउँपालिकाको वडा २ र ३ जोड्ने ठुटे खोलाको पुल सञ्चालन गर्न तीन दिन अगाडिमात्र कुलो पुरेर बनाइएको सडक भारतीय सुरक्षाकर्मीले बिहीबार साँझ भत्काएका हुन् ।
भारतीय सीमा सुरक्षा बल, बिहार सहोदर थानाका प्रहरी र सीमावर्ती भारतीय नागरिकले सडक भत्काइरहेको थाहा पाएपछि ठोरीवासी भेला भएर विरोध गरेका थिए ।
केही समयको भनाभनपछि भारतीय प्रहरी र नागरिक फर्केका थिए । भत्किएको सडकमा नेपाली पक्षले पुन माटो पुरेका छन् ।
भारतीयको अवरोधकै कारण पुल निर्माण सम्पन्न भएको २ वर्ष बित्दा पनि प्रयोगमा आउन सकेको छैन । शुक्रबार बिहान वडा एक, दुई र तीनका जनप्रतिनिधि र स्थानीयको भेलाले प्रजिअलाई स्थलगत भ्रमण गरेर समस्याको सामाधान निकालिदिन आग्रह गरेको छ ।
यस सम्बन्धमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले ठोरीको ठुटे खोला पुल सञ्चालनको विषयमा दुबै पक्षबीच छलफल भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको अनुसन्धान अन्तिममा पुगेको दाबी गरेका छन्। आईतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले सरकार निर्मला पन्तको अनुसन्धान अन्तिममा पुगेको दाबी गरेका हुन्। उनले आफूले नेपाल प्रहरीमा कुनैपनि विधि मिच्ने काम नगरेको उनले जिकिर गरे। उनले आफू गृहमन्त्री भएपनि आफूले सुरक्षा निकायलाई आफ्नो बारेमा अध्ययन, अनुसन्धान […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न दिइएको समय आइतबार साँझ ५ बजे सकिदैछ । राष्ट्रपतिको आह्वानबमोजिम कांग्रेस र एमालेको समर्थनमा नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरिसकेका छन् । शितलनिवास स्रोतका अनुसार आइतबार साँझ ५ बजेपछि ओलीलाई प्रधानमन्त्री […]

  काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री रहने लगभग निश्चित भएको छ । जसमा एमाले र कांग्रेसका एक-एक जना उपप्रधानमन्त्री हुने निश्चित भएको कांग्रेस र एमालेका नेताहरूले बताएका छन् । कांग्रेसबाट उपप्रधानमन्त्री राखौँ भन्ने अलि बढी जोड छ । त्यसो हुँदा दुई ठुला दलबाट एक-एक जना उपप्रधानमन्त्री […]