प्रकशित मिति : १७ जेष्ठ २०७७, शनिबार ११:३०

(नन्दु यादव)
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३ कुटिटाेला बस्ने सुदामा धाेबिकाे घरमा गयराति अागलागि भएकाे छ ।एकैठाउमा घरगाेठसमेत रहेकाेेमा राति अागाे सल्केर अागलागि भएकाे ईलाका प्रहरी कार्यालय सेमरीका प्रमुख फाैजदार यादव ले जानकारी दिनु भयाे । अागलागिबाट अन्नपात ,भैंसी ,पाडाे ,लत्ताकपडा ,घर लगायतका सामान पुर्ण रुपमा जलि ६लाख ३२हजार बराबर काे छति भएकाे प्रमुख यादवले बताउनु भयाे ।राति लामखुट्टे धपाउनकाे लागि बालेकाे अागाे सल्केेर अागलागि भएकाे हाे ।गएराति करिब १बजे काे समयमा अागलागेपछि घरका परिवारहरुले छिमेकी लाई गुहारेपछि छिमेकी हरुले राति नै अागाेलाई पानिबाट निभाई नियन्त्रणमा लिएका थिए। उता जिल्लाकाे सिमासंग जाेडिएकाेे सुस्ता ,प्रतापपुर , सरावल र पाल्हिनन्दन गाउपालिका मा दमकल नहुदा बर्सेनी अागलागिबाट धनजनकाे क्षति हुँदै अाईरहेकाे छ ।अागलागेपछि समयमै दमकल पुग्न नसकेपछि यस्ता घटना दिनानु दिन बढदै गईरहेकाे स्थानियले बताएका छन ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com