३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

नागरिकहरुको सुरक्षानै हाम्रो रक्षा हो सिडियो : कुरुम्बाङ

Logo
प्रकाशित शनिबार, जेठ १७, २०७७

महेन्द्र सिंह
बाँके जिल्ला सरुवा भइ आएको भोली पल्टै बाँकेको नरैनापुर क्षेत्र जहाँ कोरोना रोगको इपि सेन्टरको रुपमा परिचित स्थानमा पुगी नरैनापुर बासीलाई ढाडस दिएका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ शुक्रवार बाँकेको कोहलपुर र राप्तीसोनारी गाँउपालिकाको बजार तथा क्वारेन्टाइनहरुको स्थलगत निरिक्षणमा निस्केका छन् ।
स्थलगत निरिक्षणको क्रममा कोहलपुर आइपुगेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले नागरिकहरुको सुरक्षानै हाम्रो रक्षा हो । आफ्नो प्रमुख वर्तमान कार्य हाल महामारीको रुपमा फैलिएको कोरोना रोगथामको रहेको बताउदै रोग नियन्नत्रणका लागि सबै समयन्त्र प्रयोग गर्ने बताए । कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारी हरुको भेटमा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भने सबै किसिमका तस्करी निर्मूल पार्ने बताउदै खाद्य मिसावट ,कालाबजारी ,गाईगोरु तस्कर ,कुखुरा तथा माछा लगायतका अवैद्य कार्य पूर्ण रुपमा रोक्ने प्रतिवद्धता जनाए । भेटघाटका क्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले बाँके जिल्लाका सर्वपक्ष विषयहरुमा कोहलपुरलाई भेदभाव नर्गन आग्रह गरेका थिए । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ ५ नंं प्रदेश सदस्य नरेन्द्र शर्मा , संघका वरिष्ठ उपाध्यक्ष नमप्रसाद शर्मा र महासचिव तेज प्रसाद अधिकारीले आफ्नो भनाई राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]

काठमाडौं । भोटेकोसी र त्रिशूलीमा आएको बाढीका कारण कृष्णभीरमा पहिरोले अवरुद्ध पारेको सडक ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठुला सवारी साधन काठमाडौँबाट बाहिरिएका छन्। सडक विभागले साँझ प्रेस विज्ञप्ति जारी गरी ‘निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेट सहित करिब २० वटा र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सहित […]