२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपालमा फ़ेरि १८९ जना थपिए कोरोना संक्रमित

Logo
प्रकाशित शनिबार, जेठ १७, २०७७

एबिसी संचार काठमाडौं नेपालमा शनिवार कोरोना भाइरसका थप १८९ जना बिरामी थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत नयाँ संक्रमित थपिएको पुष्टि गरेका छन्। कपिलवस्तुमा आज सबैभन्दा धेरै सङख्यामा संक्रमित थपिएका छन्। एकै दिन ७७ जनाका कपिवस्तुमा कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै बारा, सप्तरी, लगायत जिल्लामा संक्रमित थपिएका छन्। एक जना ललितपुरमा पनि संक्रमित भेटिएका छन्। यो सँगैदेशभर कोरोना संक्रमित हुनेको कुल संख्या १४०१ पुगेको छ। आज थप १३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। अहिलेसम्म २१९ जना डिस्चार्ज भएका छन्। शनिवार एकै दिन हालसम्मकै सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको हो। यसअघि शुक्रवार एकै दिन १७० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो। मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि १ लाख १० हजार ७८ जना व्यक्ति क्वारन्टीन र ११७६ जना आइसोलेशनमा छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]