२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

बुद्ध अस्पतालले जोरोको बिरामी उपचार गर्न नमानेको बिरामीको गुनासो

Logo
प्रकाशित शनिबार, जेठ १७, २०७७

एबिसी संचार
दाङ तुलसीपुरबाट उपचारको लागि आएका एक जना बिरामीलाई दाङको घोराहीस्थित बुद्ध अन्तर्राष्ट्रिय अस्पतालले उपचार गर्न नमानेको गुनासो आएको छ । तुलसीपुर निवासी बिरामी अम्मर नेपालीलाई अस्पतालले बाहनाबाजी गरेर उपचार नगरेको हो ।
तुलसीपुरको पाल्पा क्लिनिकले नेपालीको सामान्य उपचारपछि बुद्ध अस्पतालमा रिफर गरेपनि अस्पतालले उल्टै उपचार नगर्दा दुःख पाएको बिरामीका आफन्त सुदा नेपालीले बताइन् ।
सुरुमा भित्र बिरामी लगेको र ज्वरोको बिरामी भनेपछि अस्पतालले बिरामी राख्न नमानेको बताइन् । कोरोनाको बिरामी भनेपछि बुद्ध अस्पतालले राख्ने नगरेको सुदाको आरोप छ ।
रिफर गरेको अस्पतालमा उपचार गराउन आउँदा आफूलाई अस्पतालले ज्वरो आएको भन्दै अस्पतालको भित्रबाट निकालेर गेट बन्द गरेको नेपालीले गुनासो पोखे ।
यस विषयमा बुद्ध अस्पतालका सञ्चालक तथा चिकित्सक डा. रमेश बस्नेतले बिरामी बुद्ध अस्पतालमा आएको र पिसिआर टेस्ट गर्न प्रतिष्ठानमा बिरामी पठाइएको बताए ।
बुद्ध अस्पतालले बिरामी नराखेर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको छ । प्रतिष्ठानले बिरामी राखेर भर्ना गरेको छ । जन्डिसको समेत बिरामी भएकाले उनको उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ। सभार रातोपाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!