२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

डुडुवाको ३ ठाँउमा आईसोलेसन सेन्टर राख्ने तयारी

Logo
प्रकाशित आइतबार, जेठ १८, २०७७

एबिसी संचार बाँके जेठ १७ डुडुवा गाँउपालिकाले कोरोना प्रभावित वडामा संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारको व्यवस्थापनका लागि पालिकाको लगानीम कोरोना आइसोलेसन सेन्टरको स्थापना र क्वारेन्टिनको थप व्यवस्थापन सुरु गरेको डुडुवा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत परसुराम उपाध्यायले बताउनु भयो ।
डुडुवा गाँउपालिकामा सञ्चालनमा रहेका क्वारेन्टिन र आईसोलेसन व्यवस्थित नरहेको भन्दै मानव अधिकारवादी संस्था थर्ड एलायन्स र हुरीपपले विश्व स्वास्थ संगठनको आईसोलेसन व्यवस्थापन मापदण्डअनुसार गर्न पटक पटक आवाज उठाउदै आएको थियो ।
आईसोलेसन र क्वारेन्टाईनमा पर्याप्त खाना, पानी र सरसफाइको प्रबन्ध हुनुपर्ने, संक्रमण रोकथाम तथा नियन्त्रणका न्यूनतम उपायहरुको कार्यान्वयन गर्नुपर्ने, आईसोलेसनमा रहेका व्यक्तिहरुको स्वास्थ्य अवस्थाको अनुगमन तथा न्यूनतम आवश्यकता पूर्तिको सुनिश्चितता गर्नुपर्ने, आइसोलेसनमा रहेका व्यक्तिहरु बीचमा समेत शारीरिक दूरी कायम हुनुपर्ने, आइसोलेसन र क्वारेन्टाईनमा रहेका व्यक्तिहरुलाई परिवारका सदस्यहरुसँग कुराकानी र सञ्चार गर्ने प्रबन्ध मिलाउनुपर्ने, यथासम्भव इन्टरनेट, समाचार तथा मनोरञ्जनको व्यवस्था मिलाउनुपर्ने, मनोसामाजिक सहायता उपलव्ध गराउनुपर्ने र बालबालिका, तथा जेष्ठ नागरिकलाई विशेष ध्यान दिनुपर्ने लगायतको व्यवस्था गर्न थर्ड एलायन्सका प्रमुख आलम खानले सम्बन्धीत निकायको ध्यानाकर्षण गराउदै आउनु भएको छ ।
यता मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र हुरीपपका सूचना अधिकारी पुजा बैश्यले अनुगमनको क्रममा मापदण्ड अनुरुप आईसोलेसन र क्वारेण्टिनहरुमा पर्याप्त पोषणयुक्त खाना, पिउने पानी, शौचालय, उचित बसोबास, स्वास्थ्य हेरचाह जस्ता आवश्यकताहरु समेतको उचित व्यवस्थापन हुन नसक्दा व्यक्तिका आधारभूत मानव अधिकार सङकुचनमा परेको बताउदै, आईसोलेसन व्यवस्थित हुन नसक्दा संक्रमितहरुलाई बस्न समस्या हुने गरेको र क्वारेण्टाइनमा सम्भावित सङक्रमितहरु बस्न नचाहने र बसिरहेकाहरु पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको आँखा छली उम्किने, भाग्ने गर्दा समाजमा सङक्रामक रोग अझ बढी फैलिने सम्भावना देखिएकोले विश्व स्वास्थ्य सङगठनको मापदण्ड बमोजिम आईसोलेसन र क्वारेण्टिन सञ्चालन गर्न अपिल गर्नु भयो ।
शनिबार डुडुवा गाँउपालिकामा कोरोना संक्रमितहरुलाई राखिएको सेन्टरको मानव अधिकारकर्मी र गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृतको संलग्नतामा अनुगमन गर्दा व्यवस्थापनमा समस्या रहेको पाइएको थियो । यता प्रमुख प्रशासकिय अधिकृतको सक्रिायातामा गाँउपालिकाले अघोषित रुपमा संचालन गरेको आईसोलेनलाई विधिवत रुपमा संचालनमा ल्याउने भएको छ ।
प्रमुख प्रशासकिय अधिकृत उपाध्यायका अनुसार डुडुवाको वडा नं. २ को सन्तलिया, ३ को बनकट्टी र ४ को शाहपूर्वा स्कुलमा आईसोलेसन सेन्टर संचालन गर्ने तयार गरेको बताउनु भयो । उहाँले आईतबारबाट नै मापदण्ड बमोजिम नै आइसोलेसन संचालन हुने उक्त आइसोलेसनमा रहेका संक्रमितहरुको निगरानी बिशेषज्ञ डाक्टरहरुले गर्ने जिकिर गर्नु भयो ।
डुडुवा गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीको उपस्थितीमा बसेको बैठकले शनिबार मध्यराति सम्म आइसोलेसन निमार्ण सम्पन्न गरी सक्ने निर्णय गरेको छ । स्थानीय स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेका संक्रमितहरुलाई अब बिशेषज्ञ डाक्टरहरुलाई निगरानी गर्न प्रमुख जिल्ला अधिकारीले निर्देशन दिनु भएको छ ।
यता डुडुवाको शाह पूर्वमा निमार्ण गरिएको आईसोलेसन सेन्टरको भवन गर्मीको महिनाका लागि उपयुक्त नरहेकोले बिकल्प खोज्न स्थानीयहरुले माग गरेका छन् । टिनको छाना बनेको घरमा ४५ डिग्रीको तापक्रममा बस्न संक्रमीतहरुलाई समस्या हुने भएकोले यस विषयमा गम्भीर बन्न सर्बसाधारणहरुले पालिकालाई सुझाव दिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!