२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेमा प्रत्येक दिन खाद्यान्नका पसल ११ बजेदेखि ३ बजेसम्म मात्र खुल्ने

Logo
प्रकाशित आइतबार, जेठ १८, २०७७

एबिसी संचार
बाँकेमा खाद्यान्नका पसल बिहान ११ बजे देखि ३ बजेसम्म मात्र खुल्ने
औषधि पसल बाहेकका खाद्यान्न लगायतका अन्य अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिद बिक्रीका लागि समय तोकिएको छ ।
शनिबार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेले खाद्यान्न, तरकारी, पानी, दुध लगायतका दैनिक उपभोग्य बस्तु खरिदका लागि प्रत्येक दिन बिहान ११ बजे देखि ३ बजेसम्मको समय तोकिदिएको हो । प्रशासनले तोकिएको समयमा मात्र उल्लेखित वस्तुको पसल संचालन गर्न संचालकलाई आग्रह गरेको छ ।
सुचनामा पसल संचालक तथा उपभोक्तालाई एकमिटरको सामाजिक दुरी कायम गर्दै मास्क तथा सेनिटाइजरको प्रयोग अनिबार्य हुनुपर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]