०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

नेपालमा लकडाउन लम्बिदै तर स्वरुप फेरिने यस्तो छ कारण

Logo
प्रकाशित आइतबार, जेठ १८, २०७७

एबिसी संचार काठमाडौं सरकारले देशव्यापी रूपमा लगाएको लकडाउन जेठ महिनाको अन्तिमसम्म लम्ब्याउने निर्णय गरेको छ। भाइरसबाट सङ्क्रमितको सङ्ख्या एकै दिन करिब दुई सय बढेको दिन शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। तर लकडाउन केही खुकुलो बनाउने सरकारका प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए। उनले भने, “लकडाउनलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले छलफल गरेर मन्त्रिपरिषद्मा सिफारिस गर्ने छ। लकडाउन सबै क्षेत्रमा एउटै हुनसक्छ भन्ने होइन। अवस्था अनुसार केही फरक हुनसक्छ।” सिमानामा कडाइ अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन रोक्ने अवधि असार १६ गतेसम्मको निम्ति बढाइएको छ। उनले भने, “सङ्क्रमणको जोखिम सीमापारीबाट पनि बढेकाले सम्पूर्ण आवागमनमा थप कडाइ गर्ने र सीमा वारपार गर्दा विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार जाँच गरेर मात्र लग्ने वा ल्याउने विषयमा छिमेकी मुलुकसँग पनि सहकार्य गर्ने निर्णय भएको छ।” शनिवार बसेको सुरक्षापरिषद्को बैठकले पनि सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । होटेलमा बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने टिकट बिक्री गरिरहेको भन्दै कार्यकर्ताहरु मूल ढोकामा विरोध प्रदर्शन गरेका छन् । जनकपुरधामस्थित होटेल मिथिला यात्री निवास अगाडि प्रतिनिधिसभा निर्वाचन क्षेत्र सर्लाही-३ का रास्वपा कार्यकर्ताहरु धर्ना दिएर विरोध प्रदर्शन गरिएको हो । रास्वपाको उम्मेदवार छनौट प्रक्रियामा सहभागी कार्यकर्तालाई छाडेर आजै पार्टी प्रवेश गरेको डाक्टर अमरेश […]

कैलाली । नेपाली काङ्ग्रेसले कैलालीका सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको छ । कैलाली-१ मा जनकराज चौधरी, २ मा विजय स्वाँर, ३ मा भीम बडुवाल र ४ मा वीरबहादुर बलायर उम्मेदवार चयन भएका छन् । यस्तै, कैलाली-५ बाट नारायण शाह उम्मेदवार बनेका छन् । शाह नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री तथा कांग्रेस कैलालीका पूर्व […]

काठमाडौं । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले आज प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा बुझाएका हुन्। उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउने भएको छ। कार्की नेतृत्वको मन्त्रिपरिषद्‌बाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिइसकेका छन्।

error: Content is protected !!