२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सल्यान जादै गरेको हाइस दुर्घटना १२ जनाको मृत्यु २१ जना घाइते

Logo
प्रकाशित सोमबार, जेठ १९, २०७७

महेन्द्र सिंह
बाँके जेठ १९ हाइस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । भारतका विभिन्न शहरबाट आएका नेपाली नागरिकलाई भारतको रुपैडिहा बजारबाटै हाइसमा राखेर सल्यानतर्फ जाँदै गरेको हाईस बाँकेको ठुरिया जंगलमा दुर्घटना हुँदा ११ जनाको घटना स्थलमा र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो । हाइसमा ३३ जना यात्रु सवार रहेका थिए । ना ५ ख ५९९५ नम्बरको हाइस बाँकेको राप्ती सोनारी गाउँपालिका २ स्थित ठुरिया जंगलमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । नेपालगन्जदेखि सल्यान तर्फजादै गर्दा ठुरिया जंगलमा दुर्घटना भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।
आइतबार राती बा ४ ख ९०६४ नम्बरको रोकिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईतेहरूको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचार भैरहेको अस्पतालले जनाएको छ । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले बताउनुभयो । प्रहरीले मृतकको सनाखत सुरु गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!