३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

दाङ प्रहरीले ४८ घन्टानबित्दै हत्या गर्ने चारजना पक्राउ

Logo
प्रकाशित सोमबार, जेठ १९, २०७७

एबिसी क्राइम ब्युरो
दाङ जेठ १८ तुलसीपुरमा युवक हत्या गर्ने चार जना अभियुक्तलाई प्रहरीले ४८ घण्टा नबित्दै सार्वजनिक गरेको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा कोठा भाडामा बस्दै आएका मन्दीप भुजको हत्यामा संलग्न तुलसीपुर–५ का २० वर्षिय आशिष नेपाली, २३ वर्षिय अजय बुढाथोकी , तुलसीपुर–१८ का २१ वर्षिय ओमबहादुर सार्की र अर्घाखाँची ढिकुरा–४ हाल तुलसीपुर–६ मा बस्दै आएका २३ वर्षिय शौरभ पोखरेलाई प्रहरीले सार्वजनिक गरेको हो ।
शुक्रबार बेलुका तुलसीपुर–९ को एक होटेलमा मादक पदार्थ सेवन गरेका मृतक भुजको साथीबाटै हत्या भएको हो । मृतक भुजले मादक पदार्थ सेवन पश्चात् गाँजा सेवन गर्न थालेपछि साथीभाइबिच विवाद भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
प्रहरीका अनुसार उनिहरुले मृतक भुजलाई धरिलो हतियार प्रहार गरी घाइते बनाएपछि टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेका हुन् । उनिहरुले करिब ४० मिटर पश्चिम उत्तर खोलामा ढुंगासमेत लुकाएको पाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले बताउनुभयो ।
भुजको शब तुलसीपुर–५ को ज्ञानज्योति आधारभूत विद्यालयको पछाडीको खाली जग्गामा फेला परेको थियो । मृतक भुजका एक श्रीमती र एक छोरा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!