२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दुर्घटनामा घाइते हुनेहरु २० जनाको परिचय खुलेयो

Logo
प्रकाशित सोमबार, जेठ १९, २०७७

एबिसी संचार
बाँकेको राप्ती सोनारीमा १२ जनाकाे ज्यान जाने गरी भएकाे दुर्घटनाका घाइते २० जनाकाे परिचय खुलेकाे छ । घाइते मध्ये सिद्ध कुमाख ४ छापडाँडाका का २८ वर्षिय लाेकेश घर्ति, १८ वर्षिय शिव भण्डारी, शिद्दकुमाख ५ का १८ वर्षिय धन बहादुर बाेहरा, शिद्दकुमाख ५ दहका ४० वर्षिय नेत्र बहादुर बुढाथाेकी, १८ वर्षिय देवेन्द्र खड्का र १७ वर्षिय ज्ञान बहादुर बाेहरा, वनगाड कुपिण्डे ६ घाँजरीका २० वर्षिय मिनराज विक र ५२ वर्षिय दिप बहादुर बुढा, शारदा नगरपालिका ६ कि २६ वर्षिया टिका चलाउने रहेका छन् ।
यस्तै राेल्पा त्रिवेणी ७ का १७ वर्षिय सुनिल परियार, १८ वर्षिय पुरन परियार, २० वर्षिय विरेन्द्र परियार, राेल्पा कुरेलीका ५२ वर्षिय नर बहादुर विक र राेल्पाका ४० वर्षिय दिल बहादुर विक रहेका छन् ।
यस्तै दाङ गढवाका २० वर्षिय भरत थापा, राजपुर २ का २० वर्षिय जिवन घर्ति , राजपुर ६ का २० वर्षिय दिपेश चाैधरी, तुलसिपुर २ खैरिखाेलाका २३ वर्षिय रूपलाल केसि, २ कै ४० वर्षिय विष्णु गिरी र दाङका मेघराज केसी रहेका छन् ।
घटनामा १२ जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् । भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी राप्तिसोनारी २ मा दुर्घटना भएकाे थियाे । गाडि ठुरिया जंगलमा राेकिराखेकाे वा ४ ख ९०६४ नम्वरकाे ट्रकमा ठाेक्किएकाे थियाे । । दुर्घटनामा घाइते मध्ये १ जनाकाे उपचारकाे क्रममा ज्यान गएपछि मृतककाे संख्या १२ पुगेकाे ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुल दिप चंन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!