२४ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

जनकपुरमा पेस्तोल सहित एकजना पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

एबिसी संचार
जनकपुर उपमहानगरपालिका-१७ बलौनीबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान, गोली ५ राउण्ड र चक्कु १ थान सहित महोत्तरी लोहरपट्टी नगरपालिका-८ भम्रपुरा बस्ने डि.के.भन्ने २० वर्षीय अजिजुल राईनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई जनकपुर उपमहानगरपालिका-१७ बलौनीस्थित आपँको बगैचामा ज.४ प ३९३३ नम्बरको मोटरसाइकल रोकी शंकास्पद अवस्थामा फेला पारी तलासी गर्दा उनको साथबाट उक्त हातहतियार फेला पारेको हो ।
राईन उपर हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष : दिन सामान्य छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। साथीभाइको व्यवहारले मन अशान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। वृष : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले समस्या हुनेछ। परिवारमा रमाइलो घुमघाम हुनेछ। मिठो खाने अवसर प्राप्त होला। आम्दानी बढ्नेछ। मिथुन : […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहतमा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले विभिन्न स्थानहरुमा,दुई पाङ्ग्रे सवारी चालकहरु, अन्य सवारी चालक ,सह चालक साईकल यात्री, सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेतना गरिएको बाँके जिल्ला ट्राफिक प्रहरीले […]

  दाङ । गढवा धानखोल कृषि सहकारी संस्था लगायत अन्य सहकारी संस्थामा भएको भनिएको बजेट दुरुपयोग तथा घोटालाको निष्पक्ष छानबिनको माग गर्दै गढवा गाउँपालिकामा अनसनरत रहेका स्थानीय युवा तथा सामाजिक अभियन्ता सन्देश भण्डारीले आफ्नो अनसन अन्त्य गरेका छन्। भण्डारीले उठाएका मागहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको र सो मामिलामा गाउँपालिका पूर्णरूपमा सहयोग गर्न तयार रहेको […]

error: Content is protected !!