२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

सरकारको नीति अनुसार नदिजन्य बस्तुको निकासी गर्न दिएको हो : वडाअध्यक्ष अधिकारी

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

सागर थापा/बिदुर एमसी दाङ गढवा गाउँपालिकाका प्रबक्ता एवम् वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीले नेपाल सरकारले जारी गरेको नदिजन्य बस्तुकाे उत्खनन ऐनभित्र रहेर नै स्थानीय सरकारले नदिजन्य बस्तुकाे निकासी गर्न दिएको बताएका छन् ।दाङ्ग जिल्लाकाे देउखुरी गढवा गाउँपालिकाकाे हकभाेग क्षेत्रभित्रको राप्ती नदिका बगर र त्यसका आसपासका खोलाहरुबाट हुँदै आइरहेको नदिजन्य बस्तुको निकासी पैठारीमा केही स्थानीयहरुले त्यसमा अवरोध पुर्याएपछी उनले सो कुराको उठान गरेका हुन् । नेपाल सरकारले स्थानीय सरकारहरुलाई दिएको निर्देशन र नीतिनियम अनुसार राष्ट्रिय गौरवका आयोजनाका साथै अत्यावश्यक निर्माण कार्यका लागि राज्यले दिएको मापदण्डअनुसार त्यसरी नदिजन्य बस्तुकाे निकासीका लागि अाफ्नाे पालिकाले सिफारिस दिएको अधिकारीले जानकारी गराएका छन् । राज्यको नीति एकातिर हुदाहुदै त्यसलाई वास्तै नगरेर केही स्थानीय सोझा साझा मानिसहरूलाई भड्काएर सरकारका नीति कार्यक्रम र आयोजनालाई प्रभावित पार्न खोज्ने केही त्यस्ता व्यक्तिहरुलाई स्थानीय सरकार र प्रशासनसङ्ग हातेमालो गरेर राष्ट्र निर्माणका लागि सहयोग गर्न समेत वडाध्यक्ष बाबुराम अधिकारीले सञ्चार माध्यम मार्फत अपिल गरे । सरकारले नै वातावरणीय मापदण्ड निर्धारण गरेर त्यसरी नदिजन्य बस्तुहरुकाे निकासीकाे लागि व्यवस्था गरिसकेको अवस्थामा फेरि वातावरण र राप्ती सङ्घर्ष समिति वा राप्ती बचाउ अभियानका नाममा हुने गरेका क्रियाकलापले काेही कसैलाई फाइदा त होला, तर सिङ्गो राष्ट्रिय गौरवका आयोजना नै धरापमा पर्नसक्ने भन्दै यशतर्फ सचेत रहन सबैलाई अनुरोध समेत गरेका छन् । गढवा गाउँपालिकाका प्रवक्ता तथा वडा न १ का वडाध्यक्ष अधिकारीले लक डाउनकाे यस्तो अप्ठ्यारो परिस्थितिमा पनि राष्ट्रिय गौरवका आयोजनामा दिनरात खटेर काम गर्ने निर्माण व्यवसायी र मजदुरलाई सबैले सहयोग अा अाफ्नाे क्षेत्रबाट सहयोग पुर्याउन पनि हार्दिक अनुरोध गरेका छन् । बिगत केही समयदेखि यता निर्माण व्यवसायी, ट्याक्टर टिप्पर व्यवसायी र स्थानीयबासीहरुका वीचमा राप्ती नदिको विषयलाई लिएर निकै चर्कोरूपमा विवाद हुँवदै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!