०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

सरकारको नीति अनुसार नदिजन्य बस्तुको निकासी गर्न दिएको हो : वडाअध्यक्ष अधिकारी

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

सागर थापा/बिदुर एमसी दाङ गढवा गाउँपालिकाका प्रबक्ता एवम् वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीले नेपाल सरकारले जारी गरेको नदिजन्य बस्तुकाे उत्खनन ऐनभित्र रहेर नै स्थानीय सरकारले नदिजन्य बस्तुकाे निकासी गर्न दिएको बताएका छन् ।दाङ्ग जिल्लाकाे देउखुरी गढवा गाउँपालिकाकाे हकभाेग क्षेत्रभित्रको राप्ती नदिका बगर र त्यसका आसपासका खोलाहरुबाट हुँदै आइरहेको नदिजन्य बस्तुको निकासी पैठारीमा केही स्थानीयहरुले त्यसमा अवरोध पुर्याएपछी उनले सो कुराको उठान गरेका हुन् । नेपाल सरकारले स्थानीय सरकारहरुलाई दिएको निर्देशन र नीतिनियम अनुसार राष्ट्रिय गौरवका आयोजनाका साथै अत्यावश्यक निर्माण कार्यका लागि राज्यले दिएको मापदण्डअनुसार त्यसरी नदिजन्य बस्तुकाे निकासीका लागि अाफ्नाे पालिकाले सिफारिस दिएको अधिकारीले जानकारी गराएका छन् । राज्यको नीति एकातिर हुदाहुदै त्यसलाई वास्तै नगरेर केही स्थानीय सोझा साझा मानिसहरूलाई भड्काएर सरकारका नीति कार्यक्रम र आयोजनालाई प्रभावित पार्न खोज्ने केही त्यस्ता व्यक्तिहरुलाई स्थानीय सरकार र प्रशासनसङ्ग हातेमालो गरेर राष्ट्र निर्माणका लागि सहयोग गर्न समेत वडाध्यक्ष बाबुराम अधिकारीले सञ्चार माध्यम मार्फत अपिल गरे । सरकारले नै वातावरणीय मापदण्ड निर्धारण गरेर त्यसरी नदिजन्य बस्तुहरुकाे निकासीकाे लागि व्यवस्था गरिसकेको अवस्थामा फेरि वातावरण र राप्ती सङ्घर्ष समिति वा राप्ती बचाउ अभियानका नाममा हुने गरेका क्रियाकलापले काेही कसैलाई फाइदा त होला, तर सिङ्गो राष्ट्रिय गौरवका आयोजना नै धरापमा पर्नसक्ने भन्दै यशतर्फ सचेत रहन सबैलाई अनुरोध समेत गरेका छन् । गढवा गाउँपालिकाका प्रवक्ता तथा वडा न १ का वडाध्यक्ष अधिकारीले लक डाउनकाे यस्तो अप्ठ्यारो परिस्थितिमा पनि राष्ट्रिय गौरवका आयोजनामा दिनरात खटेर काम गर्ने निर्माण व्यवसायी र मजदुरलाई सबैले सहयोग अा अाफ्नाे क्षेत्रबाट सहयोग पुर्याउन पनि हार्दिक अनुरोध गरेका छन् । बिगत केही समयदेखि यता निर्माण व्यवसायी, ट्याक्टर टिप्पर व्यवसायी र स्थानीयबासीहरुका वीचमा राप्ती नदिको विषयलाई लिएर निकै चर्कोरूपमा विवाद हुँवदै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!