२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

काठमाडौंमा चिकित्सामाथि भएको हातपातप्रति घोर भत्सना गर्दै डाक्टरहरुले गरे विरोध

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

महेन्द्र सिंह
बाँके जेठ २० कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत डाक्टरहरुले चिकित्सामाथि हातपात गरीएको घटनाप्रति विरोध जनाएका छन् । काठमाण्डौ स्थित नेपाल मेडिकल कलेज, जोरपाटीमा यही जेष्ठ १४ गतेका दिन चिकित्सामाथि हातपात गरेकोप्रति घोर भत्सना गर्दै विरोध जनाएका हुन् ।
नेपालगञ्ज मेडिकल कलेजका उपनिर्देशक डा.दिनेश श्रेष्ठले विश्वमा फैलिएको कोरोना भाइसरसंग लड्नका लागि खटिरहेको चिकित्सामाथि हातपात गर्ने व्यक्तिलाई तुरुन्त कार्यवाही गर्नुपर्नेमा माग गरेको बताए । उनका अनुसार यस्तो समयमा विरामीलाई बचाउन सकिन्न भन्दै कुटपिट प्रति नेपालका सम्पूर्ण चिकित्सकहरुले विरोध गरिरहेका छौं । नेपाल सरकारले घटना घटेको छैटौ दिन वित्तिसक्दा समेत अझै घटना संलग्न रहेको दोषिलाई कारवाही नरेको भन्दै हामीले विरोध जनाएका हौं उनले भने ।
यस्तै विरोध कार्यक्रममा बोल्दै डाक्टर देवेन्द्र आचार्यले विश्वमा भएका डाक्टरहरुले अहिलेको कोरोनासंग लडिरहेका छन् र हामी पनि लडिरहेका छौं । यस्तो आक्रान्त समयमा हामीलाई लङ्गडो नबनाइयोस् भन्दै नेपाल सरकारलाई आव्हान गरेका छन् । घटना घटेको छैटौ दिन वित्तिसक्दा समेत अहिलेसम्म घटनामा दोषिलाई कार्वाही गरिएको छैनन तर अझै पनि दोषिलाई कार्वाही नगरेको खण्डमा अझै आन्दोलनलाई शसक्त रुपमा अगाडि लैजाने समेत चेतावनी दिएका थिए । डर, त्रास, भयभहको अवस्थामा डाक्टरहरुले विरामीको उपचार कसरी गर्ने सक्छन् त्यसैले नेपाल सरकारले स्वास्थ्यकर्मीहरुको सहज रुपमा विरामीको उपचार गर्ने वातावरण गराउने समेत आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।