०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

पुर्वमन्त्री ढकालद्घारा राष्ट्रिय अन्लाईन पत्रकार संघलाई स्वास्थ समाग्री वितरण

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

सागर थापा
काठमाण्डौ युनिर्भसल पीस फेडेरेसन नेपाल (युपीएफ)ले विश्वभर फैलिएको कोरोना भाइसरले सत्य तथ्य खबर सम्प्रेषणका लागी फिल्डमा खटिने पत्रकारहरुका लागी आवश्यक पर्ने सुरक्षा सामग्री मास्क राष्ट्रिय अनलाईन पत्रकार संघलाई हस्तान्तरण गरेको छ ।
युनिर्भसल पीस फेडेरेसन नेपालका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले राष्ट्रिय अनलाईन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगानालाई माक्स हस्तान्तरण गरेका हुन् ।
मास्क हस्तान्तरण पछि बोल्दै युनिर्भसल पीस फेडेरेसन नेपाल अध्यक्ष एकनाथ ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको संघर्षमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीले पुर्याउदै आएको योगदानको आफुले उच्च मुल्यांकन गरेको बताए । पूर्वमन्त्रीसमेत रहेका ढकालले राष्ट्रिय संकटको घडीमा सबैले सरकारलाई पूर्ण रुपमा सहयोग गर्नु पर्ने बताए । उनले लकडाउनका बेला संकटमा परेका नागरिकका समस्या सरकारले भन्दा पहिले प्रेस जगतले देख्ने भएकाले उनीहरुका लागि सरकारले उचित व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष ढकालले लकडाउनको कारण हातमुख जोर्न सकस परेकाहरुको पहिचान गरि प्रभाबकारी ढंगबाट राहत उपलब्ध गर्नु पर्ने लगायतको सुझाब दिए । कोरोना कहरको यो अवस्थामा जोखिम मोलेर जनतालाई सूचना प्रवाह गर्न फिल्डमा खटिने पत्रकारहरुका लागि माक्स जरुरी रहेको बताए ।
प्राप्त माक्सलाई आफ्ना सदस्यहरु क्रियाशील रहेका विभिन्न सञ्चार माध्यममा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जोगिन माक्स दिने संघका अध्यक्ष मुकुन्द ढुंगानाले जानकारी दिए । आम नागरिकलाई सुसूचित गर्ने कार्यमा अग्रभागमा क्रियाशील हुने पत्रकारहरुको सुरक्षाका निम्ति विभिन्न उपायहरु अपनाउनुपर्ने अवस्था भएका कारण पत्रकारहरुलाई माक्स वितरण गर्ने अध्यक्ष ढुंगानाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!