३० आषाढ २०८१, आइतबार
14-07-2024 , Sun
×

रिपोर्ट पोजिटिभ आए पछी क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

एबिसी संचार
क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी
रौतहटको राजपुर नगरपालिकामा रहेको क्वारेन्टाइनमा रहेकाहरुले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन् ।
वडा नम्बर ९ बैरियास्थित मदरसामा रहेको क्वारेन्टाइनमा बसेकाहरुले आरडिटी टेष्ट गर्ने क्रममा दुईजना स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट राजपुर नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक सिनियर अहेब शेख खुसैद र स्वास्थ्यकर्मी राम नरेश साह घाइते भएका हुन् । उनीहरुको टाउकोमा चोट लागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रविन्द्र झाले जानकारी दिए ।
उक्त क्वारेन्टाइनमा रहेका मध्ये १८४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आरडिटी टेष्ट गरिएको थियो । आरडिटी टेष्ट गर्दा निगेटिभ आएकाहरुलाई मात्रै घर पठाउने निर्णय भएअनुसार परीक्षण शुरु गरेको र केही व्यक्तिको रिर्पोट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि एक्कासी आक्रमण गरेको स्वास्थ्य संयोजक झाले बताए ।
क्वारेन्टाइनको माथिल्लो तलामा ७३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । पिसिआर रिपोर्ट नेगेटीभ आएपछि आफूहरु घर जान पाउनुपर्ने क्वारेन्टाइनमा बस्नेहरुको माग छ । स्वास्थ्यकर्मीमाथि हातपात गर्नेहरुले तीनवटा मोटरसाइकल समेत तोडफोड गरेको राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताए । नागरिकखबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । बाँकेको खजुरा गाउँपालिका ८ स्थित अवैध रूपमा भारतबाट भन्सार छलि ल्याइएको ब्रोईलर कुखुराको चल्ला प्रहरीले बरामद गरेको छ। प्रहरीले भारत बाट भन्सार छली पैठारी गरी ल्याउदै गरेको अवस्थामा ब्रोइलर कुखुराको चल्ला १६,०० वटा अंन्दाजी मुल्य रु. १,६०,०००।– (एक लाख साठ्ठी हजार) बराबरको बरामद गरेको हो । उक्त कुखुराका चल्ला थप कारवाहीको लागि […]

काठमाडौं । एमालेमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, पदम गिरी, एलपी सावालगायत मन्त्रीका लागि चर्चामा छन् कांग्रेसमा प्रकाशमान सिंह रमेश लेखक, जीवन परियार, किशोरसिंह राठोर, हृदयराम थानी, ऐनबहादुर शाही, अजय चौरसिया, दीपक खड्का, उदयशमशेर राणालगायत मन्त्रीका लागि चर्चामा रहेका नाम हुन् योग्य, क्रियाशील र अहिलेको परिस्थितिको सामना गर्न सक्ने सदस्य मन्त्री […]

काठमाडौं । नयाँ सरकार गठनको गृहकार्यमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान नयाँ मन्त्रीको सूची तयार गर्ने भएका छन्। एमालेका तर्फबाट मन्त्री चयन गर्ने अधिकार पाएका अध्यक्ष ओलीले यसपटक प्रतिनीधिसभामा निर्वाचित भएकालाई प्राथमिकतामा राखेका छन्। आइतबार राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका ओलीले कांग्रेससँग पनि मन्त्रीको सूची मागिसकेका छन्। ‘पहिलो […]