२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँकेमा गुणस्तरहिन मासु बेच्ने फ्रेस हाउसलाई २० हजार जरिवाना

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

महेन्द्र सिंह
बाँके जेठ २२ गुणस्तरहिन मासु बेच्ने फ्रेस हाउसलाई कारवाही
नेपालगन्जमा बुधबार मासु पसलहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा कुखुराको अखाद्य (गुणस्तरहिन) मासु बेचेको भेटिएपछि नेपालगन्ज धम्बोझीको सगरमाथा फ्रेस एण्ड पोल्ट्री सप्लायर्सलाई कारबाही गरीएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।
पौड्यालको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले फ्रिजमा धेरै दिन राखेर कालो भईसकेको कुखुराको मासु फेला पारेपछि उक्त फ्रेस हाउसलाई २० हजार रुपौयाँ जरिवाना तिराएको छ । साथै फ्रेस हाउसमा रहेको ८ हजार मुल्य बराबरको २५ किलो अखाद्य मासु नियन्त्रणमा लिई नष्ट गरिएको पौड्यालले जानकारी दिए ।
कार्यालयले पछिल्लो समयमा बजार अनुगमनलाई तिब्रता दिएको छ । अनुगमनका क्रममा अन्य फ्रेस हाउसलाई मृल्य बृद्धि नगर्न र मापदण्ड अनुसार ब्यवसाय संचालन गर्न निर्देशन दिईएको पौड्यालले बताए ।
बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको नेतृत्वमा गरीएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि, नेपालगन्ज उपमहानगरपालिकाका प्रतिनिधि, भेटनरी अस्पतालका प्रतिनिधि, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]