२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेमा गुणस्तरहिन मासु बेच्ने फ्रेस हाउसलाई २० हजार जरिवाना

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

महेन्द्र सिंह
बाँके जेठ २२ गुणस्तरहिन मासु बेच्ने फ्रेस हाउसलाई कारवाही
नेपालगन्जमा बुधबार मासु पसलहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा कुखुराको अखाद्य (गुणस्तरहिन) मासु बेचेको भेटिएपछि नेपालगन्ज धम्बोझीको सगरमाथा फ्रेस एण्ड पोल्ट्री सप्लायर्सलाई कारबाही गरीएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।
पौड्यालको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले फ्रिजमा धेरै दिन राखेर कालो भईसकेको कुखुराको मासु फेला पारेपछि उक्त फ्रेस हाउसलाई २० हजार रुपौयाँ जरिवाना तिराएको छ । साथै फ्रेस हाउसमा रहेको ८ हजार मुल्य बराबरको २५ किलो अखाद्य मासु नियन्त्रणमा लिई नष्ट गरिएको पौड्यालले जानकारी दिए ।
कार्यालयले पछिल्लो समयमा बजार अनुगमनलाई तिब्रता दिएको छ । अनुगमनका क्रममा अन्य फ्रेस हाउसलाई मृल्य बृद्धि नगर्न र मापदण्ड अनुसार ब्यवसाय संचालन गर्न निर्देशन दिईएको पौड्यालले बताए ।
बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको नेतृत्वमा गरीएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि, नेपालगन्ज उपमहानगरपालिकाका प्रतिनिधि, भेटनरी अस्पतालका प्रतिनिधि, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!