२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

लकडाउन प्रहरीको लागि मात्र होइन नागरिकको सुरक्षाको लागि हो DSP सिंह

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

सागर थापा दाङ ईलाका प्रहरी कार्यालय तुल्सीपुरमा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले लकडाउन प्रहरीको लागि मात्र नभएर हामी सबै नागरिकहरुको सुरक्षाको लागि हो यसलाई हामी सबैले पालना गर्न जरुरी छ देश अहिले विश्वभर फैलिएको कोरोना भाइसरलाई अन्त गर्न यसको उपचार भनेको लकडाउननै हो । अर्को प्रश्नमा तुल्सीपुर क्षेत्रमा हुने खोलाहरुमा अबैध नदिजन्य उत्खनन, लागू औषध पुर्ण नियन्त्रण ,होटलहरुमा हुने योन, धन्दा गुन्डागर्दी, ठगी तस्करी फरार अपराधी, हरुलाई खोजी कार्वाहीको दायरामा ल्याउने भेटघाटको क्रममा तुल्सीपुर ईलाका डिएसपी सिंहले भने अपराधको हबको रूपमा परिचीत रहेको तुल्सीपुर पश्चिम क्षेत्रलाई अब सुन्यमा झार्ने छु। तुल्सीपुर क्षेत्रमा रहेको खोलाहरुबाट अबैध नदि जन्य उत्खनन लाई नियन्त्रण र अबैध क्रसर उद्योग माथि कडा निगरानी कडाइका साथ लागेर निर्मुल पार्ने डिएसपी सिंहले बताए जेठ २० गते ईलाका प्रहरी कार्यालय तुल्सीपुरमा सरुवा भैइ आएका प्रहरी प्रमुख डिएसपी सिंहले बोलेर भन्दा काम गरेर देखाउने प्रतिबद्धता जनाए सुरु देखिकै रफ्तार अन्तिम सम्म रहेनी गरि कामको थालनी गर्ने उनले बताए दाङमा भित्रिने लागूऔषध कारोबारीलाई कडाइको साथमा चेकजाँच र फेला परे कडा कार्वाही दायरमा ल्याउने उनले बताए । जनतामुखी भएर सेवा प्रभाव गर्ने प्रतिबद्धता गर्दै डिएसपी सिंहले सानालाई एन ठुलोलाई चैन हुन नदिने स्पष्ट पारे नागरिकहरु सङ प्रहरी मेरो साथी जस्तो व्यबहार गर्न निर्देशन साथै दाङ लगाएको कार्य क्षेत्रभित्र दादागिरी जुवातास होटलमा हुने योन धन्दा ठग घुसखोरी लगाएत जस्तो अपरधिक क्रियाकलाप गर्ने लाई निगरानीमा तथा खोजतलास गरि कानुन दायरामा ल्याउने उनलेे बताए । जनता सङ सहकार्य र सम्मन्बय गरि अगाडि बढने भन्दै उनले जनताको सेवामा २४ औ घन्टा आफू काम गर्न तयार रहेको जिकिर समेत गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!