२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

मृगौला पीडित परियारको उपचारका लागि सहयोग रकम हस्तान्तरण

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

विमल भट्टराई
सुनवल नगरपालिका वडा नं ७ चार पालाका मृगौला पीडित शेरबहादुर परियारको उपचारका लागि सहयोग रकम प्राप्त भएको छ । स्याङ्जा जिल्ला श्रीकृष्ण गण्डकी गाउँपालिका वडा नं ५ भगवती टोल जन्म भई हाल अमेरिका कोलोराडो निवासी भुवन भट्टराई र श्रीमति राधा भट्टराई तथा रुपन्देही देबदह नगरपालिका वडा नम्बर छ बैकुण्ठ नगर हाल अमेरिका कोलोराडो निवासी लक्षमण तिवारी र श्रीमति लक्ष्मि तिवारीले नगद रु तीस हजार रुपैया सहयोग गर्नु भएको हो ।सो रकम शिखा मिडिया प्रा.लि द्वारा संचालित दर्पण टिभी नेपाल मार्फत पठाउनु भएको थियो। सो रकम दर्पण टिभी नेपालका अध्यक्ष एबम सन्चालक विमल भट्टराईले मिर्गौला पीडित परियारको घरमा पुगि हस्तान्तरण गर्नु भएको हो ।
सो अबसरमा बोल्दै भट्टराईले लकडाउनको यस्तो अबस्थामा बिदेशमा समस्या परे पनि सहयोग गरेकोमा खुशी व्यक्त गर्नु भएको थियो । त्यस्तै बिपि ढकालले इच्छुक सबै ले परियार लाई सहयोग गर्न आग्रह गर्नु भएको छ । परियारकि श्रीमतीका अनुसार उहाँको उपचारको लागि अहिलेसम्म करिब ३ लाख रुपैया खर्च भइ सकेको छ ।अहिले डायलासिस गरिरहेको बताउदै पर्त्यारोपणका लागि करिब १७ लाख रुपैया लाग्ने उहाँले बताउनु भयो ।
तपाईहरु पनि सहयोग गर्न चाहनहुन्छ भने निम्न नबरमा सम्पर्क गर्न सक्नुहुन्छ ।
शेर बहादुर परियार
बैंक खाता नम्बर ०१०७०१००००९४५ (ग्लोवल बैक)
उहाँको नम्बर ९८२७४६२६६५ र हामीलाई नि सम्पर्क गर्न सक्नुहुन्छ ।
दर्पण टिभी नेपाल/ शिखा मिडिया प्रा लि ९८५७०४६५६९ र ९८६७०००२६९

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।