२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

करबारे सरकारी ताकेताको भद्र अवज्ञा गर्न व्यवसायीहरुलाई देउवाको :आग्रह

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

एबिसी संचार
काठमाडौँ प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले २५ गतेभित्र कर तिर्न भनेर सरकारले दिएको ताकेताप्रति असन्तुष्टि जनाउँदै त्यसको भद्र अवज्ञा गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् । सरकार व्यवसायीप्रति असंवेदनशील बनेको भन्दै उनले असहज परिस्थितिमा सरकारले कर्तव्य र जिम्मेवारी भुलेको बताएका छन् ।
सरकारले जेठ २५ गतेभित्र कर तिर्न र त्यसो नगरे ब्याज र जरिवाना लाग्ने व्यवसायीहरूलाई मंगलबार चेतावनी दिएको थियो ।
पूर्वप्रधानमन्त्री देउवाले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नागरिकले तिर्ने करले नै मुलुक चल्ने हो, तर करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजीकरण गर्ने कर्तव्य र जिम्मेवारी सरकारको हो । सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकसँग रहँदैन ।
नागरिक संकटमा परेको बेला पनि सरकार अनावश्यक खर्च कटौती गर्न र मितव्ययिता अपनाउने निर्णय गर्नबाट चुकेको देउवाको भनाई छ । उनले स्वास्थ्य परीक्षणबारे पनि सरकारले योजना नल्याएको बताएका छन् ।
‘कोरोनाको कारण नागरिकको जीवन र मुलुकको अर्थतन्त्रले चुनौती भोग्नुपरेका बेला अनावश्यक खर्च घटाउन, मितव्ययिताका लागि गर्नुपर्ने एवं गर्न सकिने निर्णय र कार्यमा सरकार गम्भीर भएन’, उनले भने, ‘व्यापक पीसीआर परीक्षण गरेर सानाठूला व्यवसाय क्रमशः संचालन गर्ने दिशामा आवश्यक पहलकदमी र ठोस कार्ययोजना सरकारसँग देखिएन । समग्र व्यवसायिक क्षेत्रको चुनौतीलाई सहज बनाउन सरोकारवालाहरूसँग संवादका साथ सहजीकरण प्याकेज निर्माण गर्नतर्फ पनि सरकारको ध्यान गएन ।’
‘लकडाउन जारी रहेका बेला केवल कर तिर्न ताकेता गर्नुले सरकार गम्भीर र जिम्मेवार होइन दायित्त्व र संवेदना विहीन रहेको पुष्टि भएको छ ’ यस्तो कार्यलाई उनले बजारको स्थिति बुझेर पनि बुझ पचाएको रूपमा ब्याख्या गरेका छन् ।
उनले कर तिर्ने अवधि पछि सार्नुपर्ने भन्दै लकडाउनले मुलुकको अर्थतन्त्रमा पारेको प्रभावको मूल्याकंन गरेर अगाडि बढ्न सरकारसँग आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!