प्रकशित मिति : २२ जेष्ठ २०७७, बिहीबार १७:२५

एबिसी संचार
रौतहट देवाही गोनाही नगरपालिका-८ गोनाही चोकबाट करिब २० किलो लागूऔषध गाँजा सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपनगरपालिका-११ थानाभर्याङ बस्ने २७ वर्षीय निरज लामा, कैलास गाउँपालिका-९ कुमलटार बस्ने २८ वर्षीय बिसाल लामा, हेटौंडा उपमहानगरपालिका-१२ पदम पोखरी बस्नेहरु सागर लामा र अंकित लामा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय देवाही गोनाही रौतहटबाट खटिएको प्रहरीले मौलापुरबाट जयनगरतर्फ जाँदै गरेको बा.६४ प ९३०७ र ना.४५ प ६३९८ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरु ४ जनाको साथमा ४ वटा झोलामा रहेको उक्त लागूऔषध गाँजा फेला पारी पक्राउ गरेको हो रासस ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com