१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

क्वारेन्टिन भित्रै दुई महिलाले जन्माए बच्चा

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

एबिसी संचार
डोटी क्वारेन्टिन भित्र बसेका दुई जना महिलाले बच्चा जन्माएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं २ को देवी माध्यमिक विद्यालय खातिवडाको क्वारेन्टिनमा रहेकी २१ वर्षिया गीता आउजी र शिखर नगरपालिका वडा नं ३ को भवानी आधारभुत विद्यालय खन्याडी छडिमाण्डौको क्वारेन्टाइनमा रहेकी २५ वर्षिया पुजा सार्की दुबैले छोरा जन्माएका छन् ।
गीता आउजीले बुधबार राती १ बजेर ४४ मिनेट जाँदा क्वारेन्टाइनभित्रै छोरा जन्माएको वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए । उनी सो गरपालिकाको वडा नं २ खुल्लेकका स्थायी बासिन्दा हुन् । कामको शिलशिलामा भारतको राजस्थान बस्दै आएकी गीता आउजी कोरोना महामारीका कारण यहि जेठ १२ गते डोटी फर्केकी थिइन् । भारतबाट आएका ७४ जनाको टोलीसँगै उनका श्रीमान् अमर आउजी पनि सँगै क्वारेन्टिन मा नै छन् । सकुशल बच्चालाई जन्म दिएको खातीवडा स्वास्थ्यचौकी प्रमूख राम बहादुर भण्डारीले बताए ।
त्यस्तै शिखर नगरपालिका वडा नं ३ नकुरालाका स्थायी बासिन्दा पुजा सार्किले पनि बिहीबार बिहान करिब साढे पाँच बजेतिर क्वारेन्टिनभित्रै छोरा जन्माएकी हुन । उनी कामको शिलशिलामा भारतको मुम्बै बान्द्रामा बस्दै आएकी महामारीको जटीलताका कारण यहि जेठ १५ गते डोटी फर्केकी थिइन् । उनका श्रीमान गगन सिंह सार्कीसँगै क्वारेन्टाइनमा रहेकी उनले पनि सकुशल रुपमा बच्चालाई जन्म दिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरीष शाहले बताए ।
दुबै महिलाले स्वास्थ्यकर्मिको सहयोग बिना आफै बच्चाको जन्मदिएका हुन अहिले दुबै महिला र बच्चाहरुको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, ‘दुबै महिलाहरुको आरडिटी परीक्षण पश्चात रिपोर्टको आधारमा होम क्वारेन्टाईनको लागि घर पठाईने तयारी भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दियाको बढैयाताल गाउँपालिका–२, फुटाहा, ५० नम्बर पिलर* नजिक नेपाल–भारत सीमा क्षेत्रमा अवैध रूपमा भारततर्फ लैजाँदै गरेको सामान बरामद गरेको छ। प्रहरीलाई टाढैबाट देखेपछि तस्करहरूले साइकलसहित सामान छोडेर फरार भएका थिए। *बरामद सामानको विवरण:* 1. *साइकल*: ९ थान × रु. १५० = रु. १३,५० 2. *तरबुजाको बीउ*: ४० […]

काठमाडौं । इलाका प्रहरी कार्यालय दमकमा भर्खरै सरुवा भई आउनुभएका डिएसपी हरी बहादुर बस्नेतले अहिलको मोर्डन जमनामा श्रीमान श्रीमती मात्र होटलमा बस्नु पर्छ भन्ने छैन, कानुनी प्रावधान पुरा गरेको मन मिल्ने जोकोहीले कोठा लिएर बस्न पाउने बताउनु भएको छ । होटलमा सिसी क्यामेरा राख्न र आएका आगन्तुकहरुको यर्थात विवरण इन्ट्रि बुकमा राख्न डिएसपी बस्नेतले होटल […]

नेपालगन्ज । घोराहीका सडक, चोक, सार्वजनिक कार्यक्रम र सामाजिक अभियानहरूमा पछिल्लो समय एउटा नाम बारम्बार सुनिन थालेको छ— सविन प्रियासन। कहिले युवासँगै हातमा झाडु बोकेर सरसफाइ अभियानमा देखिने, कहिले विपन्न विद्यार्थीका लागि सहयोग जुटाउँदै हिँड्ने, त कहिले शहर विकासका विषयमा खुला बहस गरिरहेको उनको सक्रियताले अहिले घोराहीको राजनीतिक वृत्तमै चर्चा पाउन थालेको छ। जब उनले […]

error: Content is protected !!