२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

दाङको घोराहीमा बिद्युत महशुल बुझाउने सर्वसाधारणको भीड

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

एबिसी संचार
दाङ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकालागि सरकारले सरकारले घोषणा गरेको लकडाउनका कारण करिव दुई महिनादेखि सुनसान बनेको नेपाल विद्युत प्राधिकरण घोराही शाखामा विहिवार सर्वसाधारणको थामिनक्नु भीड भएको छ ।
लामो समयसम्म विद्युत महशुल तिर्न नपाएका ग्राहकहरु आएपछि कार्यालयमा भीड बढेको छ । विद्युत प्राधिकरणमा गेटमा देखिएको सर्वसाधारणको भीडभाडले लकडाउन हटेको झै आभास दिएको छ ।
सर्वसाधारणलाई लामो समयसम्म विद्युत महशुल तिर्न नपाउदा विद्युत कार्यालयले जरिवना गर्ने हो भन्ने डरका कारण लकडाउनकै समयमा भीड बढेको नेपाल विद्युत प्राविधिकरण घोराही शाखाका सुपरभाइजर भोजराज शर्माले जानकारी दिएका छन ।
अन्य दिनहरुमा केही मानिसहरु आउने गरेपछि आज धेरै मानिसहरु विद्युत महशुल तिर्नका लागि आएर लाइनमा बसेको सुभरभाइजर शर्माले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]