१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

नक्कली बिरामी बनेर एम्बुलेन्सको दुरुपयोग लागूऔषध बोक्ने ३ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, जेठ २३, २०७७

एबिसी क्राइम ब्युरो दाङ लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । कोहलपुरबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ च ३८९ नम्बरको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँमा बिहिबार राती आठ बजे चेकजाँच गर्ने क्रममा ब्राउनसुगर फेला परेपछि एम्बुलेन्स सहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका–६ श्रीगाउँ निबासी तिलक विक, घोराही उपमहानगरपालिका– बडहरा निबासी २३ बर्षका शंकर पुन र तुलसीपुर उपमहागनरपालिका– ५ निबासी १७ बर्षकी दिपा थपा रहेका छन । प्रहरीले युवायुवितको साथबाट करिब ६/७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । उनिहरु नक्कली बिरामी भई कोहलपुर गएर ब्राउनसुगर खरिद गरेर आएको ।
तुलसीपुरमा एम्बुलेन्समा ब्राउनसुगर फेला पर्ने दोस्रो घटना हो । केहि बर्ष अघि तुलसीपुरको गुम्राह चोकबाट पनि प्रहरीले ब्राउनसुगर सहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको थियो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिहले अवैध लागुऔषध ओसार पसार तथा विक्रिवितरणलाई एक महिनामै नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको दुई दिन नपुग्दै प्रहरीलाई यस्तो सफलता मिलेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरमा नं. ५ बिन्ध्यवासिनी तथा सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) दीपक कुमार अधिकारीको विद्यालय भ्रमण सम्पन्न भएको छ। भ्रमणका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, विद्यालय कमान्डेन्ट प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सहायक प्राचार्य, वरिष्ठ अधिकृत, शिक्षक, कनिष्ठ अधिकृत तथा विद्यार्थीहरूले उहाँलाई विद्यालय परिसरमा हार्दिक स्वागत […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङ समन्वयमा शिक्षा विकास तथा समन्वय इकाई दाङले प्रभातफेरी दामोदर चोक तुलसीपुर चोक सहिद गेट हुँदै घोराही उपमहानगरपालिकाको सभाहलसम्म। करिब *५० जनाको सहभागिता*। 2. *सहभागी निकाय*: – प्रमुख अतिथि: प्रजिअ निश्चल राज पाण्डे – सुरक्षा: ज्वाला दल गणका गणपति सेनानी सन्तोष थापा, एसपी दिपक श्रेष्ठ, […]

error: Content is protected !!