२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नक्कली बिरामी बनेर एम्बुलेन्सको दुरुपयोग लागूऔषध बोक्ने ३ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, जेठ २३, २०७७

एबिसी क्राइम ब्युरो दाङ लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । कोहलपुरबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ च ३८९ नम्बरको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँमा बिहिबार राती आठ बजे चेकजाँच गर्ने क्रममा ब्राउनसुगर फेला परेपछि एम्बुलेन्स सहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका–६ श्रीगाउँ निबासी तिलक विक, घोराही उपमहानगरपालिका– बडहरा निबासी २३ बर्षका शंकर पुन र तुलसीपुर उपमहागनरपालिका– ५ निबासी १७ बर्षकी दिपा थपा रहेका छन । प्रहरीले युवायुवितको साथबाट करिब ६/७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । उनिहरु नक्कली बिरामी भई कोहलपुर गएर ब्राउनसुगर खरिद गरेर आएको ।
तुलसीपुरमा एम्बुलेन्समा ब्राउनसुगर फेला पर्ने दोस्रो घटना हो । केहि बर्ष अघि तुलसीपुरको गुम्राह चोकबाट पनि प्रहरीले ब्राउनसुगर सहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको थियो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिहले अवैध लागुऔषध ओसार पसार तथा विक्रिवितरणलाई एक महिनामै नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको दुई दिन नपुग्दै प्रहरीलाई यस्तो सफलता मिलेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!