२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

विदेशमा रोकिएका शव नेपाल ल्याउन थालियो

Logo
प्रकाशित शनिबार, जेठ २४, २०७७

एबिसी संचार काठमाडौं लकडाउनमा मृत्यु भएपछि लामो समयदेखि विदेशमै रोकिएका शवहरु नेपाल ल्याउन थालिएको छ।
विदेशमै रोकिएका नेपालीहरु आउँन थालिएपछि शवहरु समेत नेपाल ल्याउन थालिएको हो।
शुक्रबार दवईमा रहेका एक नेपालीको शव ल्याइएको छ। इलाम घर भएका २९ वर्षीय राजु पन्चकोटीको शव आएको हो। एक वर्ष पहिले रोजगारीका लागि यूएई गएका उनले वैशाख ९ गते आत्महत्या गरेको आफन्तले बताएका छन्। आजै दुवईबाट १ सय ६८ जना नेपाली काठमाडौं आइपुगेका छन् ।
कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा न्यूनिकरणका लागि लकडाउन गरीएपछि युएई मै रोकिएका उनीहरुलाई एयर अरेबियाको जहाजबाट नेपाल ल्याइएको हो । उनीहरु शुक्रबार साँझ साढेपाँच बजे काठमाडौं आइपुगेका हुन् ।
नेपाल आइपुगेकाहरु नेपाली दूतावासले प्राथमिकताको आधारमा तय गरिएका व्यक्तिहरु भने होइनन् । दुई वटा सुरक्षा कम्पनीमा आवद्ध भई काम गर्दै आएका र करार अवधि समाप्त भएपछि नेपाल फर्किनबाट रोकिएका व्यक्तिहरु रहेका छन् । १ सय ६८ जनामध्ये ट्रान्सगार्ड कम्पनीका ७९ जना र इजादा कम्पनीका ६७ जना रहेका छन् । बाँकी अन्य कम्पनीमा काम गर्ने नेपालीहरु हुन् । उनीहरुलाई नेपाली सेनाले तोकेको होल्डिङ सेन्टरमा राखिने छ ।
विदेशबाट आएका नेपाली नारिकलाई प्रदेशगत रुपमा व्यवस्थापन गर्नुअघि काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका ९ वटा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था नेपाली सेनाले गरेको छ । त्यसपछि समान्य स्वास्थ्य जाँच गरी सम्बन्धित प्रदेश र स्थानीय तहको क्वारेन्टाइनमा पठाउने गरी सेनाले व्यवस्थापन गरेको छ।
शुक्रबार विहान म्यानमारमा रोकिएर रहेका २६ जना नेपालीलाई म्यानमार एयरर्फोर्सको विमान मार्फत काडमाडौं ल्याइएको थियो । म्यानमारबाट आएकाहरुलाई बसुन्धारस्थित यती पार्टी प्यालेसमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!