०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

बिजौरीका उद्योगी व्यवसायी र इप्रका तुल्सीपुरका डिएसपी बीच छलफल

Logo
प्रकाशित शनिबार, जेठ २४, २०७७

एबिसी संचार दाङ जेठ २४ बिजौरी उद्योग वाणिज्य संघका पदाधिकारी तथा भर्खरै सरुवा भएर आएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहबीच शनिवार लकडाउन तथा समग्र शान्ति सुरक्षाका विषयमा छलफल भएको छ । छलफलका क्रममा आम नागरिकको जनजीविकालाई सहज बनाउँदै लकडाउनलाई भने पुर्ण रुपमा कार्यान्वयन गरी कोरोनाको संक्रमणको जोखिम न्युनिकरणतर्फ हातेमालो गर्ने सहमति भएको उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार राकेश बस्नेतले बताएका छन् ।
छलफलका क्रममा कुनैपनि आपराधिक घटनाको जानकारी पाएको ५ मिनेटमै प्रहरी घटनास्थलमा पुग्ने तयारी भैसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सिहले बताएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरको कार्यक्षेत्रभित्र रहेको एक उपमहानगरपालिका र ३ गाउँपालिकाका जुनसुकै स्थानमा आपराधिक घटना भएको जानकारी पाएको अवस्थामा बढिमा ५ मिनेटभित्रै प्रहरी त्यहां पुगीसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव वहादुर सिंहले बताएका छन् ।
बिजौरी उद्योग वाणिज्यसंघसँगको लकडाउनको कार्यान्वयन तथा सामाजिक अपराध न्युनिकरणका विषयमा शनिवार भएको छलफल कार्यक्रममा इलाका प्रहरी प्रमुख सिंहले यस्तो अभिव्यक्ति दिए । ‘खबर मात्र समयमा गर्नुस्, तपाई जहाँ हुनुहुन्छ, त्यसकै आसपासमा प्रहरी पनि छ, खबर पाएको दुई देखि बढिमा ५ मिनेटभित्रै प्रहरी घटनास्थल पुग्ने छ’—छलफलका क्रममा डिएसपी सिंहले भने ।
तुलसीपुर बजारमा लकडाउनलाइ नकारात्मक प्रभाव नपार्नेगरी अत्यावश्यक पसलहरु खोल्ने तालिका सार्वजनिक भएसंगै विजौरी बजारमा पनि जनजिविकालाई सहज बनाउनका लागि अत्यावश्यक उपभोग्य वस्तुको सहज आपुर्ति व्यवस्थापनका लागि भएको छलफल कार्यक्रममा विजौरीमा पनि तुलसीपुर बजारकै तालिका अनुसार पसल खोल्ने सहमति पनि भएको छ ।
‘सामाजिक दुरी कायम गर्दै महामारीको संक्रमण फैलने विषयमा सचेत भएर पसलहरु खोल्ने व्यवस्थापन गर्नुुस्, त्यसमा प्रहरीले समन्वयकारी भूमिका निर्वाह गर्नेछ’, डिएसपी सिंहले भने ।
बिजौरी बजारमा सोमबार मंगलवार, बुधवार र शुक्रवार दैनिक उपभोग्य सामाग्रीहरु खाद्यान्न, किराना पसल, मासु पसल तथा निर्माण सामाग्रीका पसलहरु खुल्ने छन् । त्यसै गरि आइतबार र विहिवार कपडा पसल, फेन्सी पसल, जुत्ताचप्पल पसल, पुस्तक पसल, फर्निचर पसल, सुनचाँदी पसल तथा शिशा र प्लाइ पसल सन्चालनमा आउने छन् । तर अर्को व्यवस्था नभएसम्मका लागि सिनेमा हल, जिमखाना, फुटशल, नाई तथा होटल रेष्टुरेन्टहरु भने सन्चालनमा आउने छैनन् । औषधि पसलहरु तथा एग्रोभेटहरु भने साताभरीनै खुल्ने छन् । माथि उल्लिखित पसलहरु विहान ६ बजेदेखि १० बजेसम्म खुल्ने छन् भने विहान १० बजेदेखि दिउँसो २ बजेसम्म भने बैंक तथा वित्तिय संस्थाहरु मात्र सञ्चालनमा आउने छन् ।
कार्यक्रममा बिजौरी क्षेत्रको समग्र शान्तिसुरक्षाका विषयमा पनि छलफल भएको थियो । विजौरी उद्योग वाणिज्यसंघका अध्यक्ष प्रेमनाथ योगीले घोराही तथा तुलसीपुर क्षेत्रमा आपराधिक घटनाहरु घटेपनि लुक्ने स्थान विजौरी भएको भन्दै यसमा विशेष ध्यान दिन पनि सुरक्षा निकायलाई ध्यानाकर्षण गराएका थिए । त्यसको जवाफमा प्रहरी प्रमुख सिंहले अपराधिलाइ स्थानीयले आश्रय नदिए लुक्नै नपाउने भन्दै कुनैपनि आपराधिक घटनामा संलग्न हुनेलाई संरक्षण र आश्रय नदिन आग्रह गरेका थिए । सोहि अवसरमा प्रहरी प्रमुख सिंहले आफ्नो माताहतका क्षेत्रमा हुने आपराधिक क्रियाकलाप हुने स्थानहरुको नक्सांकन गरी एक्शन प्लान बनाउन पनि आफु लागीसकेको अभिव्यक्ति दिएका थिए । छलफलका क्रममा विजौरी क्षेत्रका तीन वटा बैंक र एउटा आइएमइ सन्चालनमा आइरहेकाले ती सबै क्षेत्र साताको ६ दिनै विहान १० बजेदेखि दिउसो २ बजेसम्म सेवा दिने सहमती पनि भएको छ । बैंक तथा वित्तिय संस्थामा हुने भिडभाडलाई व्यवस्थित गरी सामाजिक दुरी कायम गरेर सेवा प्रदान गर्ने व्यवस्था स्थानीय प्रहरीले मिलाउने पनि छलफलमा सहमति भएको छ । छलफलका क्रममा अध्यक्ष योगी सहित उपाध्यक्ष वालकृष्ण रेग्मी, दुर्गा बस्नेत, महासचिव विदुर गौतम, कोषाध्यक्ष चित्र वहादुर खड्का, प्रेस संयोजक राकेश बस्नेत लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!