३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

सशस्त्र प्रहरीले ब्राउनसुगर सहित ३ जना पक्राउ

Logo
प्रकाशित आइतबार, जेठ २५, २०७७

एबिसी संचार
कैलालीको धनगढी उपमहानगरपालिका १० जुगेडा कटानबाट शनिबार एपीएफ टोलीले ११ ग्राम सात सय मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २३ बर्षिय गौरब श्रेष्ठ, २३ बर्षिय राजेन्द्र भाट र १८ बर्षिय बलराम राना छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जुगेडाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
सु.प.प्र.प. ०१–००८ प ५४८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको २० वटा सानो प्याकेट ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले त्यसबेला उल्लेखित मोटरसाइकल, मोबाईल तीन वटा र पाँच हजार रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगर, मोटरसाइकल, मोबाईल र रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]

काठमाडौं । भोटेकोसी र त्रिशूलीमा आएको बाढीका कारण कृष्णभीरमा पहिरोले अवरुद्ध पारेको सडक ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठुला सवारी साधन काठमाडौँबाट बाहिरिएका छन्। सडक विभागले साँझ प्रेस विज्ञप्ति जारी गरी ‘निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेट सहित करिब २० वटा र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सहित […]