०५ भाद्र २०८२, बिहिबार
21-08-2025 , Thu
×

सशस्त्र प्रहरीले ब्राउनसुगर सहित ३ जना पक्राउ

Logo
प्रकाशित आइतबार, जेठ २५, २०७७

एबिसी संचार
कैलालीको धनगढी उपमहानगरपालिका १० जुगेडा कटानबाट शनिबार एपीएफ टोलीले ११ ग्राम सात सय मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २३ बर्षिय गौरब श्रेष्ठ, २३ बर्षिय राजेन्द्र भाट र १८ बर्षिय बलराम राना छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जुगेडाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
सु.प.प्र.प. ०१–००८ प ५४८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको २० वटा सानो प्याकेट ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले त्यसबेला उल्लेखित मोटरसाइकल, मोबाईल तीन वटा र पाँच हजार रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगर, मोटरसाइकल, मोबाईल र रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!