१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

सार्वजनिक यातायात खुलाउने तयारी भाडा बढ्न सक्ने

Logo
प्रकाशित सोमबार, जेठ २६, २०७७

एबिसी संचार
काठमाडौं सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै सार्वजनिक यातायात समेत खुलाउने तयारी गरेको छ।
अधिकारीहरुका अनुसार लकडाउन खुकुलो बनाउने क्रममा सार्वजनिक यातायात सञ्चालन सम्बन्धी नयाँ निर्देशिकालाई अन्तिम रुप दिने प्रयास भइरहको छ।
सर्तकता अपनाउदै सार्वजनिक यातायात खुलाउने तयारी गरिएको हो। अब यातायात सञ्चालन गरिँदा भौतिक दुरी कायम राख्दै एउटा सिटमा एकजना मात्रै यात्रु राख्नुपर्ने, अनिवार्य मास्क लगाउनुपर्ने लगायतका नियम जारी हुने छन्।
कोरोना भाइरसको जोखिमबाट बच्न यातायातमा चढनुअघि थर्मल गनबाट ज्वरो नाप्ने, यातायातमा स्यानिटाइजरको आवश्यक प्रयोग देखि स्प्रे गर्नुपर्नेछ ।
यातायात छोटो दुरीमा मात्र सञ्चालन हुनेछ। काठमाडौंका उपत्यकामा भने तिनै जिल्लाका लागि यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।
सवारी साधानका आधा सिटमात्रै प्रयोग गर्नेगरि सञ्चालन गरिँदा यातायात व्यवसायीले यसअघिको भन्दा दोब्बर भाडा हुनुपर्ने अडान लिएका छन्।
आउदो असारको दोस्रो हप्तासम्म सार्वजनिक यातायात सञ्चालनको तयारी गरिएको बताइएको छ।
यद्धपी कसरी अगाडी बढ्ने भन्नेबारे सहमति र निर्णय हुन बाँकी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!