२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सार्वजनिक यातायात खुलाउने तयारी भाडा बढ्न सक्ने

Logo
प्रकाशित सोमबार, जेठ २६, २०७७

एबिसी संचार
काठमाडौं सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै सार्वजनिक यातायात समेत खुलाउने तयारी गरेको छ।
अधिकारीहरुका अनुसार लकडाउन खुकुलो बनाउने क्रममा सार्वजनिक यातायात सञ्चालन सम्बन्धी नयाँ निर्देशिकालाई अन्तिम रुप दिने प्रयास भइरहको छ।
सर्तकता अपनाउदै सार्वजनिक यातायात खुलाउने तयारी गरिएको हो। अब यातायात सञ्चालन गरिँदा भौतिक दुरी कायम राख्दै एउटा सिटमा एकजना मात्रै यात्रु राख्नुपर्ने, अनिवार्य मास्क लगाउनुपर्ने लगायतका नियम जारी हुने छन्।
कोरोना भाइरसको जोखिमबाट बच्न यातायातमा चढनुअघि थर्मल गनबाट ज्वरो नाप्ने, यातायातमा स्यानिटाइजरको आवश्यक प्रयोग देखि स्प्रे गर्नुपर्नेछ ।
यातायात छोटो दुरीमा मात्र सञ्चालन हुनेछ। काठमाडौंका उपत्यकामा भने तिनै जिल्लाका लागि यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।
सवारी साधानका आधा सिटमात्रै प्रयोग गर्नेगरि सञ्चालन गरिँदा यातायात व्यवसायीले यसअघिको भन्दा दोब्बर भाडा हुनुपर्ने अडान लिएका छन्।
आउदो असारको दोस्रो हप्तासम्म सार्वजनिक यातायात सञ्चालनको तयारी गरिएको बताइएको छ।
यद्धपी कसरी अगाडी बढ्ने भन्नेबारे सहमति र निर्णय हुन बाँकी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!