२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

वन्यजन्तुको सिकार गर्न तस्करहरुले नयाँ उपाय अपनाउन थाले पछी

Logo
प्रकाशित सोमबार, जेठ २६, २०७७

महेन्द्र सिंह
बर्दियामा लकडाउनको बेला वन्यजन्तुको सिकार गर्न तस्करहरुले नयाँ नयाँ उपाय अपनाउन थालेका छन् । विगतमा बन्दुक र पासो प्रयोग गरेर वन्यजन्तुको सिकार गर्दै आएका सिकारीहरुले अब कुकुर प्रयोग गरेर वन्यजन्तुको सिकार गर्ने गरेको पाइएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जले सिकारी कुकुरसहित एक जना वन्यजन्तु सिकारीलाई पक्राउ गरेपछि सिकारीको नयाँ शैली पत्ता लागेको हो । निकुञ्जको गस्ती टोलीले बासगढी–२ बेतहनी इलाकाबाट सिकारी कुकुर सहित एक जनालाई प्रत्राउ गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।
वन्यजन्तुको सिकारमा बन्दुकको प्रयोग गर्दा आवाज आउने र धेरैले थाहा पाउने भएकाले सिकारीहरुले कुकुरको प्रयोग गर्ने उपाय अपनाएको हुन सक्ने प्रमुख संरक्षण अधिकृत बरालले बताए । उनले भने, ‘ चित्तललगायतका जनावरलाई लखेटेर मार्न नसकिने भएपछि तस्करले सिकारी कुकुर प्रयोग गरेका हुन सक्छन् ।’
लकडाउनको बेला बर्दिया राष्ट्रिय निकुञ्जले सुरक्षा गस्तीलाई झनै चुस्त बनाएको छ । जसका कारण लकडाउनको मौका छोपेर निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा वन तथा वन्यजन्तुको तस्करीमा लागेका तस्कर धमाधम पक्राउ पर्न थालेका छन् ।
यसैसात निकुञ्जले काठ तस्करीमा संलग्न रहेका १० जनालाई पनि पक्राउ गरेको छ । निकुञ्ज क्षेत्रमा पर्ने नदी तथा खोलामा अवैधरुपमा माछा मार्ने ५ जना पनि पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिए ।
अवैधरुपमा काठ चोरीनिकासी गर्ने बासगढी नगरपालिका ४ का ७ जना, ठाकुरबाबा १ का १ जना बारबर्दिया ८ का २ जना गरि १० जनालाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ । यसैगरी निकुञ्ज क्षेत्रमा पर्ने नदी तथा खोलामा अवैधरुपमा माछा मार्ने बारबर्दिया ८ का ५ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका सबैलाई निकुञ्जको मुख्यालयमा रहेको थुनुवा कक्षमा राखिएको छ । उनीहरु उपर थप अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ ।
लकडाउनको मौका छोपेर निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका विभिन्न स्थानमा तस्करहरु वन तथा वन्यजन्तुका अवैध क्रियाकलापमा संलग्न रहेको पाइएपछि निकुञ्जले सुरक्षामा थप कडाइ तथा सुरक्षा सर्तकता पनि बढाएको छ । वन्यजन्तुको तस्करीलाई रोक्न निकुञ्ज प्रशासनले यतीखेर सेना र निकुञ्जका कर्मचारी परिचालन गरि निकुञ्ज भित्र स्विप अपरेशन, पट्रोलिङ, एम्बुसिङ र क्यामेरा ट्रयापिङ जस्ता कार्यलाई प्रभावकारी ढंगले अघि बढाएको निकुञ्जले जनाएको छ ।
मुलुकमा लकडाउन भएयता निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा वन तथा वन्यजन्तु सम्वन्धी अवैध कार्य गर्ने करिव ७ सय भन्दा बढीलाई पक्राउ गरि आवश्यक कारवाही गरिएको निकुञ्जले जनाएको छ ।
(राजधानी दैनिकबाट)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या गरेको हुन सक्ने दाङ प्रहरीको अनुमान छ ।

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

error: Content is protected !!