२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कर्मचारी उच्च जोखिममा रहेको भन्दै सन्धिखर्क नगरपालिकाको सम्पूर्ण सेवा बन्द

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

एबिसी संचार
अर्घाखाँची मङ्गलवारदेखि सन्धिखर्क नगरपालिकाको सम्पूर्ण कामकाज बन्द हुने भएको छ।
नगरपालिकाका एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले पछिल्लो १० दिनभित्र कार्यालयमा आई नियमित काम गरेका सम्पूर्ण कर्मचारीहरूलाई होम क्वारेनटाइनमा बस्न आग्रह गरेको छ।
कर्मचारीहरूको मङ्गलवार स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने र त्यसको रिपोर्ट नआउँदासम्म कार्यालयको सम्पूर्ण कामकाज तथा सेवा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिएका छन्।
सन्धिखर्कमा सोमबार वडा नं. ६ र ७ को क्वारेन्टिनमा रहेका २८ जनासहित नगरपालिकाका एक गरी २९ जनामा सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमित सबै जनालाई सोमबार नै सन्धिखर्क नगरपालिकाको हटारीनेटामा रहेको आइसोलेसन राखिएको नगर प्रमुख कमलप्रसाद भुसालले जानकारी दिए। उपप्रमुख भने होम क्वारेन्टाइननमा रहेका छन्। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]