२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालगन्जको आईसुलेशन बाटै भागे एकजना संक्रमित

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

महेन्द्र सिंह बाँकेको एक आइसोलेशन सेन्टरमा बस्दै आएका नेपालगन्जका एक संक्रमित एकजना फरार भएका छन् ।
जानकी गाउँपालिका २ को श्री माध्यमिक विधालय जोगागाउँ आइसोलेशन सेन्टरमा बसेका नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरका ३५ वर्षिय एक संक्रमित सोमबार राती फरार भएका हुन ।
४१ जना संक्रमित राखिएको उक्त क्वारेन्टाईनबाट सोमबार राती १ जना संक्रमित फरार भएको जानकी गाँउपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद रजा राईले जानकारी दिए ।
गत जेष्ठ ९ गते क्वारेन्टाईनमा राखिएका ति युवाको कोरोना परिक्षण गर्ने क्रममा जेठ २२ गते संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि उनलाई जानकी गाँउपालिका वडा नं. २ मा रहेको आईसुलेशन सेन्टरमा राखिएको थियो ।
संक्रमित व्यक्ती फरार भएको जानकारी पाउने बित्तिकै प्रहरी परिचालन गरि उनको तिब्र रुपमा खोजी गरिरहेको बाँके प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले बताए ।
फरार व्यक्तिसँग सम्पर्क रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी हिजो मात्र १० जनाको स्वाब लिइएको थियो । ऊनी १ महिना अघि भारतबाट नेपाल आएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!