२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपालगन्जको आईसुलेशन बाटै भागे एकजना संक्रमित

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

महेन्द्र सिंह बाँकेको एक आइसोलेशन सेन्टरमा बस्दै आएका नेपालगन्जका एक संक्रमित एकजना फरार भएका छन् ।
जानकी गाउँपालिका २ को श्री माध्यमिक विधालय जोगागाउँ आइसोलेशन सेन्टरमा बसेका नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरका ३५ वर्षिय एक संक्रमित सोमबार राती फरार भएका हुन ।
४१ जना संक्रमित राखिएको उक्त क्वारेन्टाईनबाट सोमबार राती १ जना संक्रमित फरार भएको जानकी गाँउपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद रजा राईले जानकारी दिए ।
गत जेष्ठ ९ गते क्वारेन्टाईनमा राखिएका ति युवाको कोरोना परिक्षण गर्ने क्रममा जेठ २२ गते संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि उनलाई जानकी गाँउपालिका वडा नं. २ मा रहेको आईसुलेशन सेन्टरमा राखिएको थियो ।
संक्रमित व्यक्ती फरार भएको जानकारी पाउने बित्तिकै प्रहरी परिचालन गरि उनको तिब्र रुपमा खोजी गरिरहेको बाँके प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले बताए ।
फरार व्यक्तिसँग सम्पर्क रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी हिजो मात्र १० जनाको स्वाब लिइएको थियो । ऊनी १ महिना अघि भारतबाट नेपाल आएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]