महेन्द्र सिंह
बाँकेका २९ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् । कोहलपुर पिपिरीस्थित कृषि विकास बैंक तालिम केन्द्र र राप्तिसोनारी गाउँपालिकाको आइसोलेनमा उपचार गराइरहेका २९ जनाले कोरोनालाई जितेर आज डिस्चार्ज भएका हुन् ।
पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएपछि कृषि विकास बैंक तालिम केन्द्रबाट २२ जना र राप्तिसोनारी गाउँपालिकाबाट ७ जना डिस्चार्ज भएका हुन् । यससँगै हालसम्म बाँकेमा ९७ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।