०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

नेपाल फर्कन चाहनेहर बिदेशबाट ५० हजार ९३ जनाको निवेदन

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

एबिसी संचार
काठमाडौँ कोरोना भाइरसको सङ्कटका कारण नेपाल फर्कन चाहनेहरू विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएका छन् । जसमध्ये प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले २४ हजार १४८ जनालाई मात्र फर्कन पाउने सिफारिस गरेको छ ।
भिसा अवधि समाप्त भएका, श्रम करार सकिएको, तालिम तथा भ्रमणमा गएका, काजकिरियामा आउनुपर्ने, बिरामी तथा वृद्धवृद्धा तथा अशक्त रहेका र आममाफी पाएर फर्कन खोजेकालाई पहिलो प्राथमिकतामा राखेर फर्कने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन समितिलाई पठाएको सूची अनुसार युएइबाट मात्र १७ हजार ३७५ ले फर्कन चाहना राखेका छन् । जसमध्ये ४१० जनाले फर्कने सिफारिस प्राप्त गरेका छन् । त्यस्तै, बहराइनबाट एक हजार ११८ मध्ये ३७२ जनाले फर्कने अनुमति पाएका छन्
मलेसियाबाट फर्कन चाहेका छ हजार ४२५ मध्ये सबैले फर्कन सिफारिस पाएका छन् । कतारबाट आठ हजार ३७० मध्ये तीन हजार ६०८ जना फर्कन पाउने भएका छन् । कुवेतबाट ७९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कन पाउने भएका छन् । साउदी अरबको रियादबाट छ हजार ५४४ मध्ये दुई हजार १५२ ले र साउदीकै जेद्दाबाट फर्कन चाहेका एक हजार १६० जना सबैले फर्कने सिफारिस पाएका छन् ।
त्यसैगरी, निवेदन दिएकामध्ये सबैले फर्कन अनुमति पाएकामा ओमानबाट ६५६ जना, साइप्रसबाट ४७१ जना, बङ्गलादेशबाट ८६० जना, श्रीलङ्काबाट ३६ जना, मालदिभ्सबाट ७२४, पाकिस्तानबाट १२५ र कम्बोडियाबाट १४१ जना रहेका छन् । सिङ्गापुरबाट ६१ जना, थाइल्याण्डबाट ३५७ जना, भियतनामबाट चार जना, लाओसबाट दुई जना, दक्षिण कोरियाबाट २८२ जना, जापानबाट ९१६ जना, इजरायलबाट ३९ जना, अष्ट्रेलियाबाट एक हजार तीन सय जना, अमेरिबाट ६४६ जना, बेलायतबाट ४९ जना, क्यानडाबाट ७८्र जना, डेनमार्कबाट ७६ जना फर्कँदैछन् । त्यस्तै, युगाण्डाबाट १६१ जना, नाइजेरियाबाट ९७ जना, सुडानबाट ३१ जना, दक्षिण सुडानबाट १८ जना र मोरक्कोबाट ६९ जनाले फर्कने अनुमति पाएका छन् ।
विभिन्न मुलुकबाट पहिलो चरणमा ३१ वटा जहाजको फ्लाइटले विदेशमा अलपत्र नेपाली फर्काउने तयारी छ । जस अनुसार युएइ, मलेसिया, कुवेत, साउदीको रियाद, कतार, अमेरिका र बेलायतबाट दुई/दुई वटा उडान हुनेछ । अन्य देशबाट एक/एक फ्लाइट हुनेछ । पहिलो चरणमा पाँचदेखि सात वटा जहाज उडानबाट आउने नेपालीको सहज व्यवस्थापन गरिने जनाइएको छ । त्यसपछि दोस्रो चरणमा परराष्ट्र मन्त्रालय र विदेशस्थित कूटनीतिक नियोगको समन्वय र प्राथमिकतामा उडान हुनेछ । अन्य उडान भने परराष्ट्र र नागरिक उड्डयनको समन्वयमा उडान तय हुने बताइएको छ ।
विभिन्न मुलुकमा अलपत्र परेका नेपाल स्वदेश फर्कने क्रममा मङ्गलबार ११ जना स्वदेश फर्कदैछन् । अस्ट्रलियाबाट राती १०ः४५ बजेको उडानमा उनीहरू स्वदेश फर्कन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो । स्वदेश फर्केका उनीहरूलाई काठमाडौँस्थित एक होल्डिङ सेन्टरमा राखिने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।
बुधबार कुवेतबाट तीन सय जना नेपाली नेपाल फर्कँदैछन् । उनीहरू आउने जहाजको समय भने तय भएको छैन । बुधबार बिहानसम्म समय तय हुने जनाइएको छ । गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् । नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् । सो अवसरमा […]

error: Content is protected !!