१६ बैशाख २०८२, मंगलबार
29-04-2025 , Tue
×

नेपाल फर्कन चाहनेहर बिदेशबाट ५० हजार ९३ जनाको निवेदन

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

एबिसी संचार
काठमाडौँ कोरोना भाइरसको सङ्कटका कारण नेपाल फर्कन चाहनेहरू विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएका छन् । जसमध्ये प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले २४ हजार १४८ जनालाई मात्र फर्कन पाउने सिफारिस गरेको छ ।
भिसा अवधि समाप्त भएका, श्रम करार सकिएको, तालिम तथा भ्रमणमा गएका, काजकिरियामा आउनुपर्ने, बिरामी तथा वृद्धवृद्धा तथा अशक्त रहेका र आममाफी पाएर फर्कन खोजेकालाई पहिलो प्राथमिकतामा राखेर फर्कने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन समितिलाई पठाएको सूची अनुसार युएइबाट मात्र १७ हजार ३७५ ले फर्कन चाहना राखेका छन् । जसमध्ये ४१० जनाले फर्कने सिफारिस प्राप्त गरेका छन् । त्यस्तै, बहराइनबाट एक हजार ११८ मध्ये ३७२ जनाले फर्कने अनुमति पाएका छन्
मलेसियाबाट फर्कन चाहेका छ हजार ४२५ मध्ये सबैले फर्कन सिफारिस पाएका छन् । कतारबाट आठ हजार ३७० मध्ये तीन हजार ६०८ जना फर्कन पाउने भएका छन् । कुवेतबाट ७९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कन पाउने भएका छन् । साउदी अरबको रियादबाट छ हजार ५४४ मध्ये दुई हजार १५२ ले र साउदीकै जेद्दाबाट फर्कन चाहेका एक हजार १६० जना सबैले फर्कने सिफारिस पाएका छन् ।
त्यसैगरी, निवेदन दिएकामध्ये सबैले फर्कन अनुमति पाएकामा ओमानबाट ६५६ जना, साइप्रसबाट ४७१ जना, बङ्गलादेशबाट ८६० जना, श्रीलङ्काबाट ३६ जना, मालदिभ्सबाट ७२४, पाकिस्तानबाट १२५ र कम्बोडियाबाट १४१ जना रहेका छन् । सिङ्गापुरबाट ६१ जना, थाइल्याण्डबाट ३५७ जना, भियतनामबाट चार जना, लाओसबाट दुई जना, दक्षिण कोरियाबाट २८२ जना, जापानबाट ९१६ जना, इजरायलबाट ३९ जना, अष्ट्रेलियाबाट एक हजार तीन सय जना, अमेरिबाट ६४६ जना, बेलायतबाट ४९ जना, क्यानडाबाट ७८्र जना, डेनमार्कबाट ७६ जना फर्कँदैछन् । त्यस्तै, युगाण्डाबाट १६१ जना, नाइजेरियाबाट ९७ जना, सुडानबाट ३१ जना, दक्षिण सुडानबाट १८ जना र मोरक्कोबाट ६९ जनाले फर्कने अनुमति पाएका छन् ।
विभिन्न मुलुकबाट पहिलो चरणमा ३१ वटा जहाजको फ्लाइटले विदेशमा अलपत्र नेपाली फर्काउने तयारी छ । जस अनुसार युएइ, मलेसिया, कुवेत, साउदीको रियाद, कतार, अमेरिका र बेलायतबाट दुई/दुई वटा उडान हुनेछ । अन्य देशबाट एक/एक फ्लाइट हुनेछ । पहिलो चरणमा पाँचदेखि सात वटा जहाज उडानबाट आउने नेपालीको सहज व्यवस्थापन गरिने जनाइएको छ । त्यसपछि दोस्रो चरणमा परराष्ट्र मन्त्रालय र विदेशस्थित कूटनीतिक नियोगको समन्वय र प्राथमिकतामा उडान हुनेछ । अन्य उडान भने परराष्ट्र र नागरिक उड्डयनको समन्वयमा उडान तय हुने बताइएको छ ।
विभिन्न मुलुकमा अलपत्र परेका नेपाल स्वदेश फर्कने क्रममा मङ्गलबार ११ जना स्वदेश फर्कदैछन् । अस्ट्रलियाबाट राती १०ः४५ बजेको उडानमा उनीहरू स्वदेश फर्कन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो । स्वदेश फर्केका उनीहरूलाई काठमाडौँस्थित एक होल्डिङ सेन्टरमा राखिने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।
बुधबार कुवेतबाट तीन सय जना नेपाली नेपाल फर्कँदैछन् । उनीहरू आउने जहाजको समय भने तय भएको छैन । बुधबार बिहानसम्म समय तय हुने जनाइएको छ । गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपाल प्रहरीका ६ एआईजीको पदस्थापन काठमाडौं । नेपाल प्रहरीका ६ एआईजीको पदस्थापन गरेको छ। पदस्थापनको पत्र प्रहरी प्रधान कार्यालयमा पुगेको छ। एआईजी चन्द्रकुबेर खापुङलाई सिआईबी, लालमणि आचार्यलाई मानव स्रोत, कृष्णहरि शर्मालाई प्रशासन विभागमा पदस्थापन गरिएको छ।

दाङ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८२/०१/१० गतेको पत्रादेशानुसार यस कार्यालय मातहतमा कार्यारत प्रहरी निरीक्षकहरु बिभिन्न प्रहरी कार्यालयहरुमा सरुवा भई जानलाग्नु भएका प्रहरी निरीक्षकहरुलाई जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी चक्र बहादुर शाहले मायाको चिनो प्रदान गरि बिदाई तथा फेरी भेटौंला कार्यक्रम […]

  बाँके । नेपाल प्रहरी प्रधान कार्यालय ,मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखाको मिति २०८२/०१/१० को पत्र आदेश अनुसार इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय डोल्पा जान लाग्नुभएका प्रहरी निरीक्षक टोपेन्द्र बुढा मगरलाई यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी तुल बहादुर कार्की लगायत सम्पुर्ण जिल्ला प्रहरी कार्यालय, बाँके परिवारको तर्फबाट विदाई […]

error: Content is protected !!