१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

जुम्लामा १८ जना कोरोना जितेर घर फर्किए

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

एबिसी संचार
जुम्लामा कोरोना सङ्क्रमित १८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसीयूमा रहेका १८ जनाको रिपोट नेगेटिभ आएपछि घर फर्किएका हुन् ।
प्रतिष्ठानबाट कोरोनालाई जितेर घर फर्किएपछि उनीहरूले खुसी व्यक्त गरेका छन् । उनीहरूलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले, प्रहरी नायब उपरीक्षक लालबहादुर धामीलगायत सरोकारवाला निकायले माला लगाइदिएर बिदाइ गर्नुभएकाे हाे ।
उनीहरूलाई घर फर्किएपछि घरमा अपनाउनुपर्ने सावधानीका लागि ध्यान दिन प्रतिष्ठानका विशेषज्ञ डा. धिरज गुरुङले सुझाव दिनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले घर फर्किएका सबैलाई बधाई दिँदै अझै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई इतिहासले नायक बनाउने भन्दै हौसला दिनुभयो । प्रतिष्ठानमा अन्य सङ्क्रमितको पुनः पीसीआर परीक्षणको आधारमा घर पठाइने प्रतिष्ठानले जनाएको छ ।गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

कपिलवस्तु । कृष्णानगर-१, शिवानगरमा *श्री देवी विद्या पीठ मा.वि.का विद्यार्थीहरूले आज राजमार्ग बन्द गरेका छन्। स्कूलका विद्यार्थीहरु सडकमा ओर्लिने पछाडि सामान्यतया ३-४ वटा कारण हुन्छन्: शैक्षिक माग शिक्षक अभाव, पुराना भवन, प्रयोगशाला/कम्प्युटर ल्याब नहुनु, छात्रवृत्तिको समस्या राजमार्ग नजिकै स्कूल हुँदा जेब्रा क्रसिङ, स्पिड ब्रेकर, ट्राफिक प्रहरीको माग। बागबजारमा हामीले ट्राफिक सचेतनाको कुरा गर्यौं नि, विद्यार्थीको […]

काठमाडौं । जब कुनै व्यक्ति आफ्नै अस्तित्वलाई विस्मृत गर्दै संस्था वा विचारलाई जीवन समर्पित गर्छ, तब उसको जीवन व्यक्तिगत होइन, ऐतिहासिक हुन्छ। तर यदि त्यस्तो समर्पणको अन्त्यमा संगठन कमजोर, दिशाहीन र निष्क्रिय रहन्छ भने, त्यो केवल असफलता होइन एक दार्शनिक शून्यता हो। नेतृत्वको सार केवल पदमा होइन, परिणाममा निहित हुन्छ। यदि कुनै पार्टी वा संस्था, […]

error: Content is protected !!