२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

सुदूपश्चिमका दुई मुख्य नाकाबाट २ हजार ९३० नेपालीहरु नेपाल भित्रिए

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

एबिसी संचार
लम्की मङ्गलबार भारतका विभिन्न ठाँउहरुबाट सुदूपश्चिमका दुई मुख्य नाकाबाट दुई हजार ९३० नेपाली नागरिक नेपाल भित्रिएका छन् भने ५४२ भारतीय नागरिक बाहिरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब निरीक्षक अम्मर थापाका अनुसार मङ्गलबार गड्डाचौकी नाकाबाट ४२३ नेपाली नागरिक भित्रिएका छन् भने १८३ जना भारतीय नागरिक बाहिरिएका छन् । उक्त नाकाबाट प्रवेश गर्नेको संङ्ख्या घट्दैगएको छ । त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट भित्रिनेको सङ्ख्या सोमबारको तुलनामा केही घटेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब निरीक्षक प्रतिक विष्टका अनुसार उक्त नाकाबाट मङ्गलबार दुई हजार ९३० नेपाली नागरिक भित्रिएका छन् भने ३५९ भारतीय नागरिक बाहिरिएका छन् ।
योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ यता करिब एक लाख तीन हजार हाराहारीमा नेपाली नागरिक नेपाल भित्रिएका छन् भने बाहिरिनेको सङ्ख्या करिब १३ हजार पाँच सय पुगेको छ ।
नेपाल भित्रिएका उनीहरू विभिन्न जिल्लाका स्थानीय तहका क्वारेन्टाइनमा बसेका छन् भने केही परीक्षणपछि घर गएका छन् ।गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।