२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

घर भाईर बोलाएर गोली हानी युवकको हत्या

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

एबिसी संचार धनुषामा गएराति एक जना युवकको हत्या भएको छ । घरमै रहेका बेला बोलाएर २५ वर्षीय अरुण मण्डललाई दुई सय मिटर पर पुगेपछि गोली हानी हत्या गरीएको हो ।
प्रदेश नं। २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताएअनुसार घटना सबैला नगरपालिका-७ को हो । ‘घर छेउमा पोखरीको डिलमा लगेर गोली हानेको देखिन्छ’, उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’
अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय, धनुषाका एक अधिकृतका अनुसार चिनजानकै व्यक्तिले बोलाएपछि उनी घरबाट निस्किएका थिए । त्यसैले व्यक्तिगत रिसिइबीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ ।
यद्यपि, आरोपित पक्राउ परेपछि मात्रै हत्याको कारणबारे खुल्नेछ । प्रहरीका अनुसार मण्डलको कन्चटमा गोली लागेको छ । अनलाईनखबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!