०२ भाद्र २०८२, सोमबार
18-08-2025 , Mon
×

पत्रकार प्रियासनको लकडाउन लभ र एयर होस्टेस उपन्यास छिट्टै आउँदै

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

सागर थापा
दाङ २०७५ सालमा एकै वर्षमा तीन वटा उपन्यास निकालेर कृतिमानि कायम गरेका उपन्यासकार सविन प्रियासनले यस वर्षको सुरुवातमै दुईवटा उपन्यास निकाल्ने तयारी गरेका छन् । उपन्यासकार प्रियासनले लकडाउन लभ र एयर होस्टेस नामक दुईवटा नयाँ उपन्यास निकाल्ने तयारी गर्नु भएको छ । नवौ र दशौं उपन्यासकारुपमा रहेको लकडाउन लभ र एयर होस्टेस उपन्यास विशेष गरी प्रेम अनि सामाजिक परिवेशमा आधारित छ ।
लकडाउन लभमा कोरोना संक्रमण र लकडाउन कालको अवस्था सँगसँगै माया प्रेमका प्रसँगहरु छ भने एयर होस्टेस उपन्यासमा हवाई यातायातसँग जोडेर पेशागत सवालहरु र प्रेम जीवनसँग सम्बन्धित खुराकहरु रहेको साहित्यकार प्रियासनले जानकारी दिनुभयो ।
लकडाउन लभ उपन्यासमा कोरोना संक्रमणका कारण नेपालसहित विश्वले भोग्नुपरेको समस्या, यसबाट बच्ने उपाएका प्रसँगहरु पनि समावेश गरिएको छ । प्रेम कथामा आधारित लकडाउन लभ उपन्यासमा अन्य रोचक प्रसँगहरु पनि समावेश गरिएको साहित्यकार प्रियासनको भनाइँ छ ।
यसैगरी एयर होस्टेस कसरी बन्ने, बनि सकेपछि एयर होस्टेसको भूमिका के हुने, उसले आफ्नो काम, कर्तव्य र जिम्मेवारी कसरी निर्वाह गर्ने, हवाई यातायातलाई प्रभावकारी बनाउन एयर होस्टेसको भूमिका हे हुनुपर्छ, हुन सक्छ ? भन्ने कुरा उपन्यासको मुख्य विषय वस्तु बनेको उपन्यासकार प्रियासनको भनाइँ छ । यस बाहेक एयर होस्टेस पेशामा आबद्ध व्यक्तिको घरायसी र व्यक्तिगत जीवनसँग जोडिएको कथा पनि यसमा समावेश रहेको प्रियासनले जानकारी दिनुभयो । उहाँका अनुसार एयर होस्टेसको प्रेम कथा पनि यसमा समावेश छ । ‘एयर होस्टेस पनि मान्छे हो, उसको पनि म हुन्छ, उसको पनि जिन्दगी हुन्छ, उ पनि माया प्रेममा पर्न सक्छ’, प्रियासनले थप्नुभयो, ‘यसमा मैले आदर्श प्रेमको परिकल्पना गरेको छु।’
उपन्यास लेख्नेक्रममा एयरलाईन्समा काम गर्ने कर्मचारीहरु, एयर होस्टेसहरु र विज्ञहरुसँग समेतत यस विषयमा छलफल गरेको बताउने प्रियासनले उपन्यासलाई विषय बस्तुका हिसाबले पनि पठनिय बनाउने प्रयास गरेको जानकारी दिनुभयो । ‘उपन्यास कसरी विषय बस्तु केन्द्रीत हुन सक्छ भन्ने विषयमा मैले धेरै नै सजगता अपनाएको छु’, प्रियासनको भनाइँ छ । एयर होस्टेसहरुको मनोबल माथि उठाउँने कोसिस स्वरुप उपन्यास तयार पारिएको छ । उपन्यासकार प्रियासनले दुबै उपन्यास एकैसाथ अषाढको अन्तिमसम्म बजारमा ल्याउने तयारी गर्नुभएको छ ।
दुबै उपन्यासमा साठी हजारको हाराहारीमा शव्दहरु समावेश छन् । उपन्यासकार प्रियासनले यस अगाडी वर्ष ब्रेकअप डायरी, लक्कीचार्म, सेल्फी, पल्लवी, सहनशीला, पुनरागमन, भुमरी, रोदनपछिको उपन्यासहरु प्रकाशित गरि सक्नु भएको छ । कथा र लेखहरुको संग्रह पनि प्रियासनका प्रकाशित छन् । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष भएर पत्रकारिताको नेतृत्व गरिरहनुभएका प्रियासनले लेखेका गीतहरुको चारवटा भिडियो पनि युट्युबमा हेर्न सकिन्छ भने यसैवर्ष उहाँका नयाँ गीतहरु भिज्वलसहित युट्युवबाट सार्वजनिक गर्ने तयारीमा प्रियासन हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!