२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

पत्रकार प्रियासनको लकडाउन लभ र एयर होस्टेस उपन्यास छिट्टै आउँदै

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

सागर थापा
दाङ २०७५ सालमा एकै वर्षमा तीन वटा उपन्यास निकालेर कृतिमानि कायम गरेका उपन्यासकार सविन प्रियासनले यस वर्षको सुरुवातमै दुईवटा उपन्यास निकाल्ने तयारी गरेका छन् । उपन्यासकार प्रियासनले लकडाउन लभ र एयर होस्टेस नामक दुईवटा नयाँ उपन्यास निकाल्ने तयारी गर्नु भएको छ । नवौ र दशौं उपन्यासकारुपमा रहेको लकडाउन लभ र एयर होस्टेस उपन्यास विशेष गरी प्रेम अनि सामाजिक परिवेशमा आधारित छ ।
लकडाउन लभमा कोरोना संक्रमण र लकडाउन कालको अवस्था सँगसँगै माया प्रेमका प्रसँगहरु छ भने एयर होस्टेस उपन्यासमा हवाई यातायातसँग जोडेर पेशागत सवालहरु र प्रेम जीवनसँग सम्बन्धित खुराकहरु रहेको साहित्यकार प्रियासनले जानकारी दिनुभयो ।
लकडाउन लभ उपन्यासमा कोरोना संक्रमणका कारण नेपालसहित विश्वले भोग्नुपरेको समस्या, यसबाट बच्ने उपाएका प्रसँगहरु पनि समावेश गरिएको छ । प्रेम कथामा आधारित लकडाउन लभ उपन्यासमा अन्य रोचक प्रसँगहरु पनि समावेश गरिएको साहित्यकार प्रियासनको भनाइँ छ ।
यसैगरी एयर होस्टेस कसरी बन्ने, बनि सकेपछि एयर होस्टेसको भूमिका के हुने, उसले आफ्नो काम, कर्तव्य र जिम्मेवारी कसरी निर्वाह गर्ने, हवाई यातायातलाई प्रभावकारी बनाउन एयर होस्टेसको भूमिका हे हुनुपर्छ, हुन सक्छ ? भन्ने कुरा उपन्यासको मुख्य विषय वस्तु बनेको उपन्यासकार प्रियासनको भनाइँ छ । यस बाहेक एयर होस्टेस पेशामा आबद्ध व्यक्तिको घरायसी र व्यक्तिगत जीवनसँग जोडिएको कथा पनि यसमा समावेश रहेको प्रियासनले जानकारी दिनुभयो । उहाँका अनुसार एयर होस्टेसको प्रेम कथा पनि यसमा समावेश छ । ‘एयर होस्टेस पनि मान्छे हो, उसको पनि म हुन्छ, उसको पनि जिन्दगी हुन्छ, उ पनि माया प्रेममा पर्न सक्छ’, प्रियासनले थप्नुभयो, ‘यसमा मैले आदर्श प्रेमको परिकल्पना गरेको छु।’
उपन्यास लेख्नेक्रममा एयरलाईन्समा काम गर्ने कर्मचारीहरु, एयर होस्टेसहरु र विज्ञहरुसँग समेतत यस विषयमा छलफल गरेको बताउने प्रियासनले उपन्यासलाई विषय बस्तुका हिसाबले पनि पठनिय बनाउने प्रयास गरेको जानकारी दिनुभयो । ‘उपन्यास कसरी विषय बस्तु केन्द्रीत हुन सक्छ भन्ने विषयमा मैले धेरै नै सजगता अपनाएको छु’, प्रियासनको भनाइँ छ । एयर होस्टेसहरुको मनोबल माथि उठाउँने कोसिस स्वरुप उपन्यास तयार पारिएको छ । उपन्यासकार प्रियासनले दुबै उपन्यास एकैसाथ अषाढको अन्तिमसम्म बजारमा ल्याउने तयारी गर्नुभएको छ ।
दुबै उपन्यासमा साठी हजारको हाराहारीमा शव्दहरु समावेश छन् । उपन्यासकार प्रियासनले यस अगाडी वर्ष ब्रेकअप डायरी, लक्कीचार्म, सेल्फी, पल्लवी, सहनशीला, पुनरागमन, भुमरी, रोदनपछिको उपन्यासहरु प्रकाशित गरि सक्नु भएको छ । कथा र लेखहरुको संग्रह पनि प्रियासनका प्रकाशित छन् । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष भएर पत्रकारिताको नेतृत्व गरिरहनुभएका प्रियासनले लेखेका गीतहरुको चारवटा भिडियो पनि युट्युबमा हेर्न सकिन्छ भने यसैवर्ष उहाँका नयाँ गीतहरु भिज्वलसहित युट्युवबाट सार्वजनिक गर्ने तयारीमा प्रियासन हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!