३२ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

काठमाडौंमा पसल बन्द गराउन खोज्दा प्रहरी र व्यापारीबीच झडपको स्थिति

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

एबिसी संचार
काठमाडौं मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा घम्साघम्सी भएको छ । प्रहरीले पसल बन्द गर्न खोज्दा व्यापारीहरुले नमानेपछि न्युरोड क्षेत्र तनावग्रस्त भएको हाे । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले छलफलमा सकारात्मक कुराकानी भए पनि अहिले एक्कासी आएर प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि तनाव भएको बताए ।
तनावपछि अहिले न्युरोड गेट, रन्जना गल्ली आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । व्यापारीहरुले लामो लकडाउनले समस्यामा परेको भन्दै लकडाउन उल्लंघन गरेर केही दिनयता पसल खोल्दै आएका छन् । बौद्ध लगायतका क्षेत्रमा भने अहिले पसल निर्वाध रुपमा सञ्चालन भइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त एक डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा एउटा डीआईजी पद रिक्त भएको थियो।डीआईजीमा बढुवा सिफारिस भएका थापा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको पहिलो ब्याचका हुन्। यो ब्याचका मनिष थापासँगै प्रकाश थापा र विनोदराज श्रेष्ठ एसएसपी छन्। तर प्रकाश […]

काठमाडौं । युएई इस्लाम समुदायको ईद अल–अदाहका अवसरमा उनीहरुलको बाँकी कैद मिनाहा गरेको अबुधावीस्थित नेपाली दूतावासले बताएको छ। नेपालीहरुलाई आम माफी दिएकोमा दूतावासले यूएई सरकारप्रति आभार समेत प्रकट गरेको छ। मजदुरीका अवसरमा त्यहाँ गएका नेपालीहरू विभिन्न कसुरमा जेल पर्ने गरेका छन्। गम्भीर अपराधमा संलग्न बाहेकलाई त्यहाँको सरकारले आम माफी दिएको हो। त्यहाँको सरकारले यसअघि पनि विशेष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले विपद् व्यवस्थापन, सडक सुरक्षा र अपराध नियन्त्रणमा प्रविधिमैत्री क्षमता अभिवृद्धि गर्न नेपाल प्रहरीलाई अत्याधुनिक उपकरणहरू हस्तान्तरण गरेको छ। दाङ उपत्यका देउखुरी मा आयोजित कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टलाई सामग्रीहरू हस्तान्तरण गरेका हुन। प्रहरीलाई हस्तान्तरण गरिएको […]

error: Content is protected !!