११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

काठमाडौंमा पसल बन्द गराउन खोज्दा प्रहरी र व्यापारीबीच झडपको स्थिति

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

एबिसी संचार
काठमाडौं मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा घम्साघम्सी भएको छ । प्रहरीले पसल बन्द गर्न खोज्दा व्यापारीहरुले नमानेपछि न्युरोड क्षेत्र तनावग्रस्त भएको हाे । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले छलफलमा सकारात्मक कुराकानी भए पनि अहिले एक्कासी आएर प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि तनाव भएको बताए ।
तनावपछि अहिले न्युरोड गेट, रन्जना गल्ली आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । व्यापारीहरुले लामो लकडाउनले समस्यामा परेको भन्दै लकडाउन उल्लंघन गरेर केही दिनयता पसल खोल्दै आएका छन् । बौद्ध लगायतका क्षेत्रमा भने अहिले पसल निर्वाध रुपमा सञ्चालन भइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा सिदिकीले उठाएको मुद्दा एकदमै सान्दर्भिक छ। युट्युब, टिकटक, फेसबुक रिल्स बनाएर “भ्यूस” बटुली घर चलाउने हजारौं युवा/महिला छन् नेपालमा। उनीहरूलाई “भिखारी”,समाज बिगार्ने” भनेर गाली गर्ने, दुर्व्यवहार गर्ने सोच साँच्चै अपराधी सोच हो। डिजिटल दुर्व्यवहार बढ्दो छ कमेन्टमा गाली, थ्रेट, डक्सिङ, महिलालाई चरित्र हत्या गर्ने प्रवृत्ति धेरै छ। यो “अभिव्यक्ति” […]

  अर्घाखाँची । गाउँमै बसेर आफ्नो वडाको विकास योजना छान्ने यो अभ्यास एकदमै राम्रो हो। “जनताको सरकार,जनताको योजना भनेको यस्तै हो। तल्लो तहबाटै योजना टोल-टोलमा गएर किसान, आमा समूह, युवा, दलित सबैको राय लिन्छन्। सडक चाहिन्छ कि खानेपानी, कृषि मल डिपो चाहिन्छ कि स्वास्थ्यचौकी – जनता आफैले भन्छन्। पारदर्शिता वडामा कति बजेट आयो, त्यो कहाँ […]

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

error: Content is protected !!