०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

तेलको ट्यांकरमा मदिरा तस्करी गर्ने दुई जना पक्राउ

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

एबिसी संचार
पर्सा भन्सार छली चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको विभिन्न ब्रान्डका मदिराहरु सहित वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ना.२ ख ७३७५ नम्बरको तेल ट्यांकरका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-१६ बस्ने ४७ वर्षीय सन्दिप थिङ र सोही उपमहानगरपालिका-२१ बस्ने सहचालक २२ वर्षीय राधे बुढाथोकी रहेका छन् ।
उक्त ट्याङ्करबाट गोल्डेन ओक (क्वाटर) ४८ थान, नेपाल आईस बियर (क्यान) २४ थान, सिग्नेचर (क्वाटर) ३३ थान, ८८४८ भोड्का (क्वाटर) २८ थान प्रहरीले बरामद गरेको हो ।
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकारले आह्वान गरेको लकडाउनको मौका पारी उक्त ट्यांकरमा ती मदिराहरु राखेर राजश्व छली चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!